Bisal Chautari Logo

आर्यन र नम्रता अभिनीत ‘होक्से’ले दिलायो प्रशन्नलाई हलिउड प्रवेश

- १ बैशाख २०७२, मंगलवार १५:४० मा प्रकाशित


aaryan sigdel and namrata shrestha enacting prasanna poudyal Nepali Movie in hollywood
विशाल चौतारी समाचार
काडमाडौ, २०७२ बैशाख १, मंगलबार । म्युजिक भिडियो तथा चलचित्र निर्देशक प्रशन्न पौडेललाई हलिउडमा प्रवेश मिलेको छ । पौडेललाई उनले हालै मात्र निर्माण गरेको सत्य घटनामा आधारित सर्ट फिल्म ‘होक्से’ले हलिउडमा प्रवेश दिलाएको हो ।

aaryan sigdel and namrata shrestha enacting prasanna poudyal Nepali Movie in hollywood
प्रशन्नले निर्देशन गरेको यो ७ मिनट अवधिको यो फिल्म अमेरिकाको सिकागोमो हुने सिकागो फिल्म फेस्टिवलको स्क्रिनिङका लागि छानिएको छ भने अमेरिकाकै लस एन्जलसमा हुने प्रतिस्पर्धात्मक फिल्म फेस्टिवल ४८ फिल्म फेस्टिवलका लागि समेत छानिएको छ। आगामी अप्रिल २३ देखि ३० तारिखसम्म चल्ने फेस्टिवलमा एसियाबाट प्रवेश पाउने एकमात्र फिल्मका रुपमा होक्सेलाई प्रवेश मिलेको निर्देशक पौडेलले जानकारी गराएका छन्। उनका अनुसार अमेरिकाकै फिल्महरु स्पर्धामा रहने फेस्टिवलमा होक्से यसको विषयका कारण छनौटमा पर्ने एसियाकै एकमात्र फिल्म बन्न पुगेको हो।
होक्से एउटा त्यस्तो गाउँको सत्य कथा हो, जो काभ्रेपलाञ्चोकको नजिकै पर्छ, जहाँका वासिन्दा ठगी र बाध्यताका कारण आफ्नो मृगौला बेच्न बाध्य छन्। रातो माटो भएका कारण मकैबाहेक केही नफल्ने गाउँका मानिसहरु बाँच्नका लागि पढ्न, बिहेबारी गर्न वा घरमा छानो हाल्नका लागि मृगौला बेच्न बाध्य हुन्छन्। त्यहाँ सरकारी पहुँच अहिलेसम्म पनि पुगेको छैन। समाजका गन्य मान्य भनिएका मान्छेहरुले नै उनीहरुलाई जीवनभर हेरिदिने, घर जग्गा दिने प्रलोभनमा पारेर ६० हजारदेखि १ लाख रुपियाँसम्म दिएर मृगौला किन्छन्। पाएपछि कहिल्यै फर्केर हेर्दैनन्’ प्रशन्न भन्छन्।
होक्सेको एउटा विपन्न सानो घरको प्रेमकथालाई केन्द्रित गर्दै निर्माण गरिएको होक्सेमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, प्रेम बानियाँ, मधु न्यौरेले प्रमुख भूमिकामा अभिनय गरेका छन्। भने नायिका केकी अधिकारीका भाई बिम्ब अधिकारीले यसको कथा तयार पारेका हुन्। फिल्ममा परिकल्पना र निर्देशन प्रशन्न पौडेलको रहेको छ भन् छायांकन संगीत रोशन लामा, शव्द र निर्माण क्रिश रिजाल, स्वर शिव परियार, विदुर पाण्डे, सम्पादन प्रकाश तुलाधरको रहेको छ।
आगामी नोभेम्बर महिनामा हुने अवार्ड समारोहमा प्रतिधित्वका लागि बोलाइए पनि फिल्मको बारेमा बोल्ने समयसमेत उपलब्ध गराईमात्र जाने प्रशन्नले जानकारी गराए । फेस्टिवलमा बाजी मार्ने फिल्मलाई ४८ हजार डलर पुरस्कार दिइने र एउटा फिल्म बनाउन दिने प्रावधान रहेको छ ।

प्रतिक्रिया