Bisal Chautari Logo

खोटाङमा नया वर्षमा आगलागीबाट बिस्थापित

- १ बैशाख २०७२, मंगलवार ०६:४७ मा प्रकाशित


KHOTANG in the new year, the house fire displaced
विशाल चौतारी समाचार
काडमाडौ, २०७२ बैशाख १, मंगलबार । आगलागीबाट घर तथा घरमा भएका नगद, अन्न, लत्ताकपडा नष्ट भएपछि खोटाङमा एक परिवारको बिचल्नी भएको छ । सोमबार भएको आगलागीमा नगद ७५ हजार, १२ तोला चाादी, १० मुरी कोदो, ८० केजी चामल, ५० केजी नुन लगायतका सबै सामान जलेपछि सुंदेल–८ बयाङका टसबहादुर राईको परिवार बिचल्नीमा परेका हुन् ।

KHOTANG in the new year, the house fire displaced
                                                              फाइल तस्बिर

अगेनामा ननिभाइ राखिएको आगोबाट सल्किएर राईको घरमा आगलागी भएको गाबिस सचिव रमेश आचार्यले बताउनुभयो । आगलागीमा नानीको कपडा झिक्न जानेक्रममा राईकी श्रीमती मनिकाको हातखुट्टा डढ्नुका साथै घरको माथिल्लो तलाबाट खसेको ट्यांकाले लागेर टाउकोमा चोट समेत लागेको छ ।
आगलागीमा ३ लाख ५० हजार बराबरको क्षती भएको अनुमान गरिएको छ । आगलागीबाट बिस्थापित बनेका राईको ८ जनाको परिवार छिमेकीको आश्रयमा बसिरहेका छन् । साभार : हाम्रो खोटाङ डटकम

प्रतिक्रिया