Bisal Chautari Logo

उदयुरमा बढ्यो चुनावि गतिबिधि, काँग्रेस, एमाले र एमाओवादीका १०७ जना सिफारिस

- २७ भाद्र २०७०, बिहीबार ०९:२४ मा प्रकाशित


सचिन बशिष्ठ 
उदयपुर, भदौ २७ दोस्रो संविधानसभा निर्वाचनको मिति नजिकिदै गर्दा उदयपुरमा चुनावी गतिविधि बढेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत माओवादी लगायतका दलले प्रत्यक्ष र समानुपातिक तर्फका संम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरि सकेका छन भने अन्य दलहरु पनि उम्मेदवारको नाम सिफारिस गर्न लागि परेका छन् । राजनीतिक दल निर्वाचन लक्षित कार्यक्रममा व्यस्त देखिएपछि तोकिएकै समयमा चुनाव हुने वातावरण बन्दै गएको छ । पार्टीहरुको उम्मेदवार सिफारिसमा गर्ने क्रम जारी रहेको छ । जसअनुरुप एमालेले प्रत्यक्ष र समानुपातिक गरी २४ जना उम्मेदवारको नाम शिफारिस गरेको छ ।

पार्टीले क्षेत्रनं १ मा प्रत्यक्षतर्फ पार्टी सचिबालय सदस्य दुर्गाकुमार थापा, अञ्चल कमिटी सचिब मणिराज पौड्ल र जिल्ला नेतृ अम्बिका पासवान श्रेष्ठ रहेकाछन । थापा प्रवाभशाली नेता ओली पक्षधर मानिन्छन भने पौडेल कुनै समुहमा पनि खुलेका छ्रैनन् । तीन मध्ये पहिलो नम्बरमा शिफारिस भएका थापा र दोस्रो नंम्बरमा भएका पौडेलको सम्भावना रहेको छ । त्यसैगरी क्षेत्रनं २ मा केन्द्रीय निर्वाचन आयोग सदस्य बलदेव चौधरी, लेखा आयोग सचिब बिष्णुबहादुर राउत र क्षेत्रीय कमिटी सदस्य माया भण्डारीको नाम शिफारिसमा छ । चौधरी २०६४ को निर्वाचनमा झिनो मतले पराजित भएका व्यक्ती हुन भने राउत २०५१ र २०५६ दुई कार्यकाल निर्वाचित संसद हुन । दुबै केन्द्रीय स्तरका नेता भएकाले यसै भन्न नसकिने जिल्ला नेतृत्वको ठम्याई छ । दुबै नेता पार्टीको कुनै पनि समुहमा खुलेका छैनन् । यसैगरी क्षेत्रनं ३ मा केन्द्रीय सदस्य जगन्नाथ खतिवडा, जिल्ला अध्यक्ष बेदप्रसाद पोखरेल र अञ्चल सदस्य भिमकुमार राउतको नाम शिफारिस गरेको छ । खतिवडा र पोखरेल दुबैको सम्भावना राम्रो देखिएकाले यसै भन्न नसकिने कार्यकर्ताको ठम्याई छ । खतिवडा बरिष्ठ नेता माधब नेपाल र पोखरेल महासचिब इश्वर पोखरेल निकट मानिन्छन । त्यसैगरी समानुपातिकतर्फ क्षेत्रनं १ मा अञ्चल कमिटी सदस्य तथा अनेमसंघकी केन्द्रीय सचिबालय सदस्य अम्बिका थापा, जिल्ला कमिटी सचिबालय सदस्य पदम राई, सदस्यहरु भगवानीप्रसाद चौधरी, गंगा कार्की र चुना थापाको नाम शिफारिसमा परेको छ । क्षेत्रनं २ मा केन्द्रीय सल्लाहाकार सदस्य राममणि पोखरेल, जिल्ला कमिटी सचिबालय सदस्य तथा पुर्व मेयर लालशेर राई, जिल्ला उपाध्यक्ष मन्जु चौधरी, सदस्यद्धय पदम दनुवार र दुर्गा परियारको नाम शिफारिस गरेको छ । यद्यपि समानुपातिकमा अन्तिममा शिफारिस भएकी दुर्गा परियारको भने स्वयं जिल्ला कमिटी सदस्यहरुले आलोचना गरेका छन । पार्टीको निर्देशन बिपरित शिफारिस गरिएकोमा उनीहरुले आलोचना गरेका हुन । पार्टीले दिएको निदेर्शनमा राष्ट्रिय व्यक्तीत्व बाहेक यसअघि भएका सभाषदको नाम पुन शिफारिस नगर्न भनेको छ । उनी यसअघि २०६४ को निर्वाचनमा समानुपातिक सभाषद हुन । यसैगरी क्षेत्रनं ३ मा अनेमसंघ जिल्ला अध्यक्ष कला घले, ज्ञानेन्द्र श्रेष्ठ, कासबहादु दनुवार, चक्रबहादुर तामाङ र छबिधन मोतेको नाम शिफारिस भएको छ । यसैगरी माओवादीले प्रत्यक्ष र समानुपातिक गरी ३० जना उम्मेद्वार सिफारिस गरेको पार्टीका जिल्ला संयोजक मोहनबहादुर खत्रीले बताए । जसअनुसार प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट पार्टीको किराात राज्य समिति सचिबालय सदस्य पुष्प बस्नेत, राज्य समिति इन्र्चाज सुरेश राई, राज्य समिति सचिबालय सदस्य राजन किरााती, गणेश थाम्सुहाङ र बुङ्मा राई रहेका छन् । यसमध्ये तेस्रो वरियतामा रहेका राज्य समिति सदस्य राजन किराातीको सम्भावना बढि रहेको छ । उनी २०६४ को निर्वाचनमा नेपाली कााग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्कासाग झिनो मतले पराजित भएका थिए । प्रचण्ड निकट मानिने किराातीलाई जिल्ला सम्यन्त्रमा प्रचण्ड पक्षंकै हावी भएको र क्षेत्रनं १ जनजातीको वाहुल्यता रहेकाले सम्भावना बढि देखिएको छ । किराातीले पार्टीको जिल्ला इन्र्चाजको भुमिकासमेत निभाईसकेका छन । पहिलो नम्बरमा शिफारिसमा परेका पुष्प बस्नेत उपाध्यक्ष बाबुराम भट्टराई निकट मानिन्छन भने सुरेश राई प्रचण्ड निकट नै मानिन्छन । राई जिल्लाका नेता कार्यकर्तामा खासै लोकपृय नरहेकाले सम्भावना न्युन देखिएको छ । त्यस्तै क्षेत्र नं. २ बाट राज्य समिति सल्लाहाकार सदस्य मिनबहादुर ज्यू ठकुरी, राज्य समिति सचिबालय सदस्य तथा जिल्ला सहइन्र्चाज भिमबहादुर अधिकारी, जिल्ला सदस्य घुरन चौधरी र द्रोण पौडेल रहेका छन् । उनीहरुमध्ये भिमबहादुर अधिकारीको सम्भावना बलियो देखिएको छ । उनी जनयुद्धका कार्यकर्ता पनि हुन । जनयुद्ध लडेकालाई पहिलो प्राथामिकता दिनु पर्ने पार्टीको बैठकमा चर्चा चलेपछि उनको नाम अगाडी बढेको हो । पछिल्लो समयमा जनयुद्धका कार्यकर्तालाई वाहेस गरेर नवप्रवेशीको चलखेल बढेकाले बैठकमा निकै चर्काचर्कीसमेत चलेको स्रोत बताउाछ । अधिकारी प्रचण्ड निकट मान्छिन । उनले पनि पार्टीको जिल्ला इन्र्चाजको भुमिका निभाईसकेका छन । अन्य शिफारिसमा परेका मिनबहादुर २०६४ को निर्वाचनमा एमालेबाट टिकट नपाएपछि तत्कालिन माओबादीमा प्रवेश गरेका नेता हुन । उनकै लागि माओबादी अध्यक्ष प्रचण्ड निर्वाचन आचारसंहिता उल्लघन गर्दै हेलिकोप्टरबाट आधा घण्टाका लागि गाईघाट आईपुगेका थिए । उनी पनि प्रचण्ड निकट मानिन्छन तर नवप्रवेशीको सम्भावना छैन भनेर बैठकमा हलचल मच्चिएपछि उनी पनि चुपचाप लागेका हुन । यधपि एमालेबाट गएका अन्यले अहिले पनि पार्टी नेतासाग लबिङ गरिरहेको बुझिएको छ । त्यसैगरी क्षेत्र नं. ३ मा राज्य समिति सचिबालय सदस्य खुम्वराज खत्री, सदस्य विनोद कटुवाल, राज्य समिति सदस्य तथा जिल्ला संयोजक मोहनबहादुर खत्री, राज्य समिति सदस्य केपी बराल र राममणी पौडेल रहेका छन् । उनीहरुमध्ये तेस्रो वरियतामा रहेका मोहनबहादुरको सम्भावन रहेको छ । उनले २०६४ को निर्वाचनमा एमालेकोतर्फबाट उम्मेदवार बनेका बरिष्ठ अधिबक्ता शम्भु थापालाई पराजित गरेका थिए । खत्री जिल्ला संयोजक रहेको र त्यसमा पनि प्रचण्ड पक्षको बिश्वासिलो पात्र भएकाले सम्भावना रहेको बुझिएको छ । उनीसागै प्रतिसपर्धामा उत्रिएका खुम्बराज खत्री उपाध्यक्ष बाबुराम पक्षधर मानिन्छन । बाबुराम पक्षका कार्यकर्ता निकै कम रहेकाले उनको सम्भावना कम देखिएको स्रोत बताउाछ । त्यस्तै बिनोद कटुवालको नाम पनि उत्तिकै चर्चामा रहेपनि अन्तिममा आफुले गोल गर्ने सम्भावना नरहेपछि खत्रीलाई नै समर्थन गर्ने सम्भावना रहेको स्रोतले बताएको छ । प्रचण्ड निकट मानिने कटुवाल जनयुद्धका कार्यकर्ता हुन । जनयुद्धकै क्रममा उनले आफ्ना वुवा र आमा गुमाएका छन । यसैगरी केपी बराल तत्कालिन जनमोर्चाबाट पार्टी एकिकरण पश्चात आएका कार्यकर्ता हुन । जनमोर्चाको पनि सञ्जाल निकै भएपनि जनयुद्ध र नवप्रवेशीको शब्द उठेकाले उनको सम्भावना पनि न्युन देखिएको स्रोतले बतायो । त्यसैगरी समानुपातिकतर्फ क्षेत्र नं. १ मा सम्झना तामाङ, देवनारायण चौधरी, अनुजा प्रधान, विष्णुदेवी सदा, भीम विक रहेका छन् भने क्षेत्र नं. २ मा नारायण बुर्जामगर, लिलबहादुर परियार, राजन दनुवार, समिक्षा मगर, विजेन्द्रलाल कर्ण र भेषकुमारी राउत रहेका छन् । त्यस्तै क्षेत्र नं. ३ मा ढुङ्गराज वि.क, झण्डबहादुर राई, भगवती खनाल, कुमारसिंह राई र इन्द्रवती अधिकारी दनुवार रहेका छन् । यसैगरी नेपाली कााग्रेसले प्रत्यक्षमा क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य डा. नारायण खड्कासहित तीन क्षेत्रबाट ५३ जनाको जम्बो नाम सिफारिस गरेको छ । कााग्रेसले आएका नामको कुनै काटछाट नगरी जस्ताको त्यस्तै पठाएको बुझिएको छ । खड्काको १ नं क्षेत्रबाट सर्वसहमत एकल उम्मेदवार शिफारिसमा परेको छ । खड्का २०६४ सालको संविधान सभाको निर्वाचनमा क्षेत्र नम्वर १ बाट नै निर्वाचित भएका थिए । यता क्षेत्र नम्बर २ बाट पुर्व सभापति विदुर बस्नेत, हिमाल कार्की र प्रमिला राईको नाम सिफारिसमा परेको छ । उनीहरु मध्ये बस्नेतको सम्भावना बलियो रहेको स्रोतले बताएको छ । २०६४ सालको निर्वाचनमा क्षेत्र नम्बर २ बाट तेश्रो मत प्राप्त गरेका थिए । उनी पार्टी सभापति शुशिल कोईरालाका निकट पात्र मानिन्छन । त्यस्तै पार्टी सभापति हिमाल कार्कीको सम्भावना पनि उत्तिकै बलियो मानिन्छ । बरिष्ठ नेता देउवा पक्षधर मानिने कार्की टिकट नपाए पुन पार्टी सभापति दोहोऱ्याउने पक्षमा रहेको श्रोत बताउाछ । त्यसैगरी राई समानुपातितर्फबाट पूर्व सभासद हुन् । कााग्रेसका अग्रज नेता बलबहादुर राईको छोरी रहेकी राई कोईराला निकट मानिन्छिन । २ नं क्षेत्रमा जनजातीको बाहुल्यता रहेको र महिला पनि भएको हिसावले टिकट पाउनु पर्ने उनको दाबि छ । उता क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ क्षेत्रनं ३ का सभापति रामकुमार राई, पुर्व सभापतिद्धय नारायणबहादुर कार्की र अर्जुन खड्काको नाम सिफारिसमा छ । तीन मध्ये राईको सम्भावना बलियो छ । जनजातीको हिसावले टिकट पाउने र जित्ने सम्भावना रहेको पार्टीको आकलन छ । त्यसैगरी कार्कीले २०६४ सालको निर्वाचनमा उम्मेदवार भएर तेश्रो मत प्राप्त गरेका व्यक्ती हुन । उनी बरिष्ठ नेता देउवा पक्ष मानिन्छन । कार्कीले पार्टी बिभाजन हुादा नेपाली कााग्रेस प्रजातान्त्रिकको सभापति र एकता हुदाा पनि सोही पदको जिम्वेवारी सम्हाली सकेका छन । पार्टी भित्र निकै सालिन नेता मानिने कार्कीलाई जिल्ला स्तरीय नेताको समर्थन रहेको छ । खड्का पनि जिल्लाको पार्टी राजनीतकमा सबैभन्दा अग्रज मानिन्छन । यधपि उनको जथाभावि बोल्ने बानीले पार्टी नेताहरु नरुचाउने गरेको स्रोत बताउाछन । यसैगरी समानुपातिकतर्फ क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापति भोजराज खतिवडा, कुमारचन्द्र राई, भगीवन्त राई, मोहन चौधरी, दलबहादुर तामाङ, महेन्द्रप्रसाद चौरासीया, पर्शुराम गिरी, सीता राई, प्रसान्त राई, कलावती चौधरी, लक्ष्मण चौधरी, उर्मिला कोइराला, गडुलमान विक, दिनेसप्रसाद साह, विजय लक्ष्मी अधिकारी र मौसम राईको नाम सिफारिस गरिएको छ । त्यसैगरी क्षेत्रनं २ मा पूर्वसभासद लक्ष्मी परियार, पूर्व पार्टी सचिव वीरेन्द्रकुमार बस्नेत, पार्टीका प्रशिक्षण विभाग प्रमुख महेन्द्रकुमार राई, भिमबहादुर पुलामी, धनिकलाल भगत, राजकुमार दनुवार, वलदेव विक, शान्तिदेवी चौधरी, इन्द्रनारायाण साह, राधाकृष्ण तिम्सीना, तारा राई, सञ्जा दनुवार, सरीता राई र गोविन्द ढकाललको नाम सिफारिस गरिएको छ । क्षेत्रनं ३ मा पुर्व सभापति हेरम्बबहादुर थापा, गोविन्द चामलिङ, ज्ञानकुमारी गीरी, शान्ता राई, निर्मला कार्की, पदमबहादुर तामाङ, हरीबहादुर खड्का, वृखबहादुर तामाङ, पृथ्वीबहादुर पोखरेल, जीवराज ढुंगाना, सपुरबहादुर नेपाली, चिनिमाया सुनुवार, जयबहादुर मोते, लालकुमारी पोखरेल, बलबहादुर तामाङ र केदारमान मोतेको नाम सिफारिस गरिएको छ । तीन निर्वाचन क्षेत्र रहेको उदयपुर जिल्लामा ८७ वटा मतदान केन्द्र तोकिएको छ । ४४ गाविस र एक नगरपालिकामा एक लाख ४५ हजार १७ मतदाताहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया