Bisal Chautari Logo

‘लिटिल मारवाडी आइडल नेपाल २०१५’ को ४० बालबालिकालाई ट्रेनिङ सुरु

- २८ चैत्र २०७१, शनिबार १७:५३ मा प्रकाशित


Little Marwari Idol Nepal 2015 training

– Winner Little Marwari Idol Nepal 2015 – 1st Runner Up – 2nd Runner Up
Sub Titles
– Best Talent photogenic – Best Friendship – Best Discipline etc.
विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत २८, शनिबार । ‘लिटिल मारवाडी आइडल नेपाल २०१५’ को ४० जना बालबालिकाहरुलाई अन्तिम प्रतिस्पर्धाका लागी ट्रेनिङ सुरु भएको छ । हिजो काठमाडौको कमलपोखरी स्थित अग्रवाल भवनमा आयोजना गरिएको प्यारेन्स् मिटिङबाट प्रतियोगीताको ट्रेनिङ सेसन सुरु भएको जानकारी दिइएको थियो ।

Little Marwari Idol Nepal 2015 training
इ ४ इन्टरटेन्मेन्टले आयोजना गरेको यस प्रतियोगीता गर्नको उद्देश्य बताउदै आयोजक संस्थाका अध्यक्ष तथा मोडल समेत रहेका दिपक घिमिरेले बालबालिकाहरुमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउन यो प्रतियोगिता आयोजना गरिएको बताए । ४० जना बालबालिकाहरुलाई ट्रनिङको कोरियोग्राफ स्वस्तिका राजभण्डारीले गरिरहेकी छिन् । कार्यक्रमलाई प्रमोद बन्सालले सञ्चालन गरेका थिए, भने प्रमोदले नै इभेन्ट कोर्डिनेट गरिरहेका छन् ।

Little Marwari Idol Nepal 2015 training (3)
प्रतियोगिताबाट विनर ‘लिटिल मारवाडी आइडल नेपाल २०१५, फस्ट रनरअप, सेकेण्ड रनरअप छनौट गरिनेछ । त्यस्त सब टाइटलमा बेस्ट ट्यालेन्ट फोटोजेनिक, बेस्ट फ्रेण्डसिप, बेस्ट डिसिप्लेन, चार्मिङ, बेस्ट ड्रेस, बेस्ट स्किन, बेस्ट पर्फमेन्स, बेस्ट क्याटवाक, मोस्ट कन्फिडेन्ट, मोस्ट ब्युटिफुल–ह्याण्डसम, बेस्ट पर्सनालिटी, भिउर च्वाइज रहेको छ ।

Little Marwari Idol Nepal 2015 training (2)

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया