Bisal Chautari Logo

राजेश पायललाई हेर्न सुदुर–पश्चिम उर्लियो (फोटो फिचर सहित)

- २८ चैत्र २०७१, शनिबार १५:३८ मा प्रकाशित


Rajesh Payal came to see the Sudurpaschim people

– ‘कार्यक्रममा के बुढा, के बुढी, तरुन तन्नेरी केटा केटीको बाक्लो उपस्थितिले सुरक्षा कर्मीलाई र स्वयम सेवकलाई माहोल सम्हाल्न गाह्रो परेको थियो ।’

Rajesh Payal came to see the Sudurpaschim people

विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत २८, शनिबार । राई इज किङ तर्थात नेपाली सङ्गीतका बादसाह राजेश पायल राईको कन्र्सट अनी उनलाई हेर्न सुदुर पश्चिमको कैलाली स्थित पहलमानपुरमा गाउ गाउबाट जनमास उर्लिएको छ ।

Rajesh Payal came to see the Sudurpaschim people (1)
जदुमायी स्वरका धनी गायक राजेश पायलले कार्यक्रममा आफ्नो प्रस्तुतीबाट सुदुर पश्चिमेलीहरु सबैको मन जिते अनी स्टेज अगाडी दर्शकलाई नचाए, उफ्राए । पहलमानपुर बजार बेबस्थापना समिति कैलालीले आयोजना गरेको उक्त कार्यक्रममा राईलाई हेर्न कै निम्ति गाउगाउ बाट दर्शकहरु आएको कुरा सम्योजक प्रकाश मिश्रले बताए । राईको अनुसार यो भिड अहिले सम्मको सबै भन्दा भएको हो ।
गायक राईले नाइ नभन्नु ल ३ को गीतबाट कार्यक्रम सुरु गरेका थिए । गायक राईले दर्शकहरुको वान्समोर अनुसार क्रशम : म त मर्छु कि क्या हो ठुलि, दर्शन नमस्ते, दर्शन नमस्ते २, ओखरे साइला ओखरे साइली, ‘दर्शन नमस्ते’, ‘नौ जाले मायालु’, ‘सागरसरी चोखो माया’ दर्शन नमस्ते–२ लगायत गरी एक दर्जन बढी गीत गाएका थिए ।

Rajesh Payal came to see the Sudurpaschim people (2)
सागर सारी चोखो माया बोलको गीतमा दर्शकबाट संगिता ढकालले साथ दिएकी थिइन । कार्यक्रममा के बुढा, के बुढी, तरुन तन्नेरी केटा केटीको बाक्लो उपस्थितिले सुरक्षा कर्मीलाई र स्वयम सेवकलाई माहोल सम्हाल्न गाह्रो परेको थियो । उक्त कार्यक्रममा अर्को गायक अर्जुन कौसलले पनि भरपुर मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रम सन्चालन भानुभक्त आचार्य र शीतल शर्माले गरेका थिए ।

Rajesh Payal came to see the Sudurpaschim people (3)

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया