Bisal Chautari Logo

साफ विजेता बनेपछि अफगानि खेलाडीलाई सरकारद्धरा विशेष सम्मान (फोटो र भिडियो)

- २७ भाद्र २०७०, बिहीबार ११:२१ मा प्रकाशित


२७ भाद्र, काठमाडौं । लगातार ६ पटकको साफ विजेता भारतलाई हराउँदै ८औं साफको उपाधि जितेका अफगानी खेलाडी स्वदेश फकिर्एका छन् । राष्ट्रपति हामिद कारजायीले पठाएको विशेष विमान कम एयरबाट उनीहरु आज विहिवार विहान स्वेदश फकिर्एका हुन् ।काबुल इन्टरनेशनल एयरपोर्टमा उनीहरुलाई राष्ट्रपतिलगायत उच्च पदाधिकारीहरुले स्वागत गरेका थिए । एयरपोर्टमा समर्थकहरुको समेत बाक्लो उपस्थिति थियो । लगत्तै राष्ट्रपतिद्धारा आयोजित शुभकामना कार्यक्रममा कारजायीले सबै खेलाडी तथा प्रशिक्षकसँग अँगालो हालेर शुभकामना आदान प्रदान गरेका थिए । राष्ट्रपति कार्यालयले जारी गरेको भिडियो तथा अफगानस्थित पत्रकार मुस्ताफा डेभेकीको ट्विटरबाट लिइएको तस्विर हेर्नुस् :–
 
भिडियो हेर्नुहोस्

प्रतिक्रिया