Bisal Chautari Logo

‘Ananya Awale’ ले जितिन् ‘सुपर किड्स २०१५’ को उपाधि (फोटो फिचर सहित)

- २८ चैत्र २०७१, शनिबार १४:४४ मा प्रकाशित


suppor kids 2015 ananya awale

ओजस्वी गुप्ता फस्ट रनर अप , सचिन लामिछाने सेकेन्ड रनर अप भए ।

विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काडमाडौ, २०७१ चैत २८, शनिबार । ‘सुपर किड्स २०१५’ को उपाधि डिएभी स्कुलकी अनन्या अवालेले उचालेकी छिन् । सुपर किड्स फोटोजेनिकको समेत उपाधी जितेकी अनन्या कक्षा ६ को अन्तिम परीक्षा दिएर बसेकी छिन् । १२ वर्षीया अवालेले उपाधि पाएपछी खुसी हुदै अवालेले यस उपाधीलाई सहि साथ सदुपयोग गर्ने गहकिलो शब्द भनिन् ।’

suppor kids 2015  ananya awale
मनिर्न ग्लोरी इन्टरटेनमेन्टले आयोजना गरेको तेस्रो संस्करणमा अनन्याले प्रथम उपाधी आफ्नो पोल्टामा पार्दा लिटल एन्जल्सको कक्षा ६ मा अध्ययनरत ओजस्वी गुप्ता फस्ट रनर अप बनिन्, भने लिटल एन्जल्सकै सचिन लामिछाने सेकेन्ड रनर अप भए ।

suppor kids 2015 ananya awale (9)
त्यस्तै प्रतियोगीतामा युबिम जिरेलले बेस्ट फोटोजेनिक र मोस्ट पपुलरको ट्रफि हात पारेका थिए, भने क्रमश : मोस्ट एक्टिभ जस्मिन तामाङ, बेस्ट डिसिप्लेन सादिका रावत, अलराउण्डर स्मृती खत्री, मोस्ट कन्फिडेन्ट ओजस्वी गुप्ता, मोस्ट ह्यान्डसम सचिन लामिछाने, बेस्ट स्माइल दिप्लभ श्रेष्ठले जितेका छन् । उता मोस्ट बोल्ड आश्रय वेलवासी हुदा क्रमश: बेस्ट हेयर स्मृती राई, मोस्ट फ्रेण्डली सिम्रन देभ, मोस्ट चार्मिङ रजिना न्यौपाने, मोस्ट पपुलर सचिन लामिछाने, मोस्ट कन्फिडेन्ट महिमा थापा, बेस्ट वाल्क ज्यास्मिन तामाङ र बेस्ट ड्रेसको उपाधी ओजस्वी गुप्ताले पाइन् ।
अन्तिम प्रतिस्पर्धाका लागी १४ जना बालबालिका सहभागी रहेको यस प्रतियोगिताका निर्णायकहरुमा फेसन डिजाइनर तथा चलचित्र निर्माता पुनम गौतम, गायिका सविना कार्की लगायत रहेका थिए । प्रमुख अतिथीमा वरिष्ठ गायिका संगीता राणा प्रधान रहेकी थिइन् ।

suppor kids 2015 ananya awale (10)
यस प्रतियोगीता गर्नको मुख्य उद्देश्य बताउदै आयोजक संस्थाकी अध्यक्ष मोहना क्षेत्री खनालले बालबालिकाहरुको कन्फिडेन्स डिभ्लभ गर्नका लागी रहेको प्रष्ट्याइन् । कार्यक्रममा बोल्दै प्रतियोगीहरुलाई डान्सको कोरीयोग्राफी गरेकी बिपास्ना खनालले बालबालिकाहरुमा भएको प्रतिभा तथा लुकेको कला प्रस्फुटन भएको बताइन् । त्यस्तै प्रतियोगीताको कोरीयोग्राफ चर्चित आरजे समेत रहेका कला सुब्बाले गरेकी हुन् । बालबालिकाहरुको ब्याक्तित्व विकाशसंगै प्रतिभामा निखार ल्याउने काम यस प्रतियोगीताबाट भएको बताइन् । ग्राण्ड फिनाली कार्यक्रममै बच्चाहरुको ट्यालेन्ट प्रर्दशन गरिएको थियो ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”9455,9451,9452,9453,9450,9449,9448,9447,9446,9444,9443,9456,9457,9458″]

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया