Bisal Chautari Logo

रेखा भन्छिन्, ‘७२ देखि ७४ सालभित्र मेरो विवाह पक्का हुन्छ, अनी बच्चा जन्माउछु’

- २७ चैत्र २०७१, शुक्रबार १७:२४ मा प्रकाशित


rekha thapa says Marriage is sure, and have a child born

– मेरो बिबाहपनि मागी नै हुन सक्छ
– विवाहको प्रस्ताव अहिलेसम्म कसैले राखेका छैनन् । सायद पर्दामा जस्तै स्ट्रोङ छ भनेर हो कि
– रेखा थापाको ग्ल्यामरस तथा समाजिक कार्यले धेरैलाई आकषिर्ष गरेको छ ।

rekha thapa says Marriage is sure, and have a child bornअशोकप्यासी राई
काडमाडौ, २०७१ चैत २७, शुक्रबार । नेपाली चलचित्र क्षेत्रमा नम्बर वान अभिनेत्रीको ट्याग पाएकी अभिनेत्री रेखा थापा दमदार अभिनयसगै प्रेम र विवाहका विषयमा पनि बारम्बार चर्चामा आउछिन् ।
अभिनेत्री रेखा थापाले आफ्नो बिबाह ‘२०७२ देखि ७४ सालभित्र पक्का हुने बताएकी छिन् । अन्नपुर्ण पोष्टको शैलीको कभरमा आज प्रकाशित अन्र्तवार्तामा भनिन्, ‘जब म लोग्नेको घर सम्हाल्छु, बच्चा जन्माउछु, त्यसपछिमात्र पूर्ण नारी हुनेछु ।’ आमा मलाई कि केटा खोजिदिन्छौं, कि छ भने भन भन्नुहुन्छ’, विवाह योजना सुनाउदै रेखा थप्छिन्, ‘म आत्मनिर्भर केटी हु, विवाहको हतार छैन’, अभिनेत्री थापाले बताएकी छिन् ।

rekha thapa (1)
त्यस्तै अन्र्तवार्तामा बोल्दै आफु भर्जिन रहेको पुरानो समाचारको बारेमा बोल्दै भनेकी छिन्, ‘भजिर्ज छु भन्ने कुरा ननसेन्स हो, अहिलेको समयमा अधिकांशले टिन एजमै सेक्सको अनुभव गरिसकेका हुन्छन् ।’ त्यस्तै निर्माता छविराज ओझासग लगभग एक दशक ‘लिभिङ टुगेदर’को सम्बन्धमा रहेकी उनी अहिले आमासहित परिवारका साथमा बस्ने गछिन् । ‘टिन एजमा म कर्म दिने बाबुसग रहे । rekha thapa (2)छविराजलाई म कर्म दिने बाबुका रूपमा लिन्थे र लिन्छु’, रेखा प्रस्ट्याउछिन् । जीवन भर्खर बुझ्न थालेको बताउने उनी विवाह आवश्यक रहेछ भन्ने निष्कर्षमा पुगेकी छन् । ‘बाल्यकालमा भााडाकुटी खेल्ने साथीजस्तै जीवन अगाडि बढाउन, सृष्टि चलाउन पनि विवाह जरुरी रहेछ ।’rekha thapa (3)
चल्तीमा रहेकी अभिनेत्री रेखालाई विवाहको प्रस्ताव गर्ने कति होलान् त? भन्छिन्, ‘मलाई अचम्म लाग्छ, विवाहको प्रस्ताव अहिलेसम्म कसैले राखेका छैनन् । सायद पर्दामा जस्तै स्ट्रोङ छ भनेर हो कि ।’ यदि म सामान्य केटी भएको भए माग्न आउनेको लर्को हुन्थ्यो होला । कहिलेकाही स्टार कलाकार भनेको सजाएर राख्ने कागजको फूलजस्तो लाग्छ मलाई’, रेखाको भनाइ छ ।
आफूले पनि अहिलेसम्म कसैलाई प्रेम वा विवाहका लागि प्रस्ताव नगरेको उनको तर्क छ । ‘म केटी मान्छे । कहा त्यसरी प्रस्ताव गर्न सक्छु र ? मेरा दुई दिदी र दुई दाइको मागी विवाह भएकाले मेरो पनि मागी विवाह हुनसक्छ’, उनी थप्छिन् । जीवन अगाडि बढाउन, सृष्टि चलाउन विवाह जरुरी रहेछ । मेरा दुई दिदी र दुई दाइको मागी विवाह भएकाले मेरो पनि मागी नै हुनसक्छ ।
चलचित्र ’हिरो’बाट रजतपट प्रवेश गरेकी नायिका एवं निर्मात्री रेखा थापाको नाममा दर्जनौं हिट चलचित्र छन् । अहिले आफ्नै लगानीमा चलचित्र ’रामप्यारी’ छायांकनको तयारीमा रहेकी उनको ग्ल्यामरस तथा समाजिक कार्यले धेरैलाई आकषिर्ष गरेको छ ।

’चलचित्र क्षेत्रमा रहेसम्म म सेक्सी र ग्ल्यामरस रहनेछु । ग्ल्यामरस हुनु भनेको आकर्षक हुनु हो । जसरी अमिताभ बच्चन ७२ वर्षको उमेरमा पनि ग्ल्यामरस छन्।’

THIS NEWS YOUR COMMENT HERE

 

प्रतिक्रिया