Bisal Chautari Logo

‘सुपर किड्स २०१५’ का अन्तिम चरणका प्रतियोगीहरुको फोटोसुट सम्पन्न

- २७ चैत्र २०७१, शुक्रबार १६:१७ मा प्रकाशित


suppor kids 2015 photoshoot
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काडमाडौ, २०७१ चैत २७, शुक्रबार । ‘सुपर किड्स २०१५’का अन्तिम चरणका बालबालिकाहरुको फोटोसुट सम्पन्न भएको छ । हिजो दशरथ रंगशालामा भएको फोटोसुटबाट सुपर किड्स २०१५ फोटोजेनिक पनि छनौट गरिनेछ ।

suppor kids 2015 photoshoot
भोलि शनिबार फाइनल हुने प्रतियोगीतालाई मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले आयोजना गरेको हो । यो प्रतियोगीता तेस्रो संस्करण हो । विभिन्न स्कुलहरुबाट अन्तिम चरणका लागी १४ जना बालबालिकाहरु अन्तिम चरणका लागी छनौट भएका छन् । फोटोसुटमा बालबालिकाहरुलाई कसरी क्यामेरा फेस गर्नपर्छ भनेर पाठ समेत सिकाइएको थियो ।

suppor kids 2015 photoshoot-2
यस प्रतियोगीताको कोरीयोग्राफ गरिरहेकी चर्चित आरजे समेत रहेका कला सुब्बाले बालबालिकाहरुको ब्याक्तित्व विकाशसंगै प्रतिभामा निखार ल्याउने काम ट्रेनिङ सेसनमा भइसकेको बताइन् । यस प्रतियोगीता गर्नको मुख्य उद्देश्य बताउदै आयोजक संस्थाकी अध्यक्ष मोहना क्षेत्री खनालले बालबालिकाहरुको कन्फिडेन्स डिभ्लभ गर्नका लागी रहेको प्रष्ट्याइन् ।

suppor kids 2015 photoshoot-1

suppor kids 2015 photoshoot

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया