Bisal Chautari Logo

‘बल्ल पर्‍यो निरमाया माकुरी जालैमा’ बोलका गायकको निधन

- २८ भाद्र २०७०, शुक्रबार ०३:२४ मा प्रकाशित


२८ भाद्र, काठमाडौं । बरिष्ठ लोकगायक तीर्थबहादुर गन्धर्वको आज शुक्रबार बिहान ६० वर्षको उमेरमा निधन भएको छ । गायक गन्धर्वको उपचारको क्रममा सैनिक अस्पताल छाउनीमा बिहान २ बजे निधन भएको हो । गायक गन्धर्व उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।
बिहीबार साँझ स्वास्थ्यमा खरावी आएपछि मिनभवनस्थित निजामति अस्पताल भर्ना गरिएका गन्धर्वलाई राति नै छाउनी लगिएको थियो । लोकगायक बमबहादुर कार्कीले दिएको जानकारी अनुसार उनको पाथिर्व शरीरलाई श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान कमलादीस्थित प्रज्ञा भवनमा राखिनेछ । गायक गन्धर्वको ‘बल्ल पर्‍यो निरमाया माकुरी जालैमा’ जस्ता गीतहरु चचिर्त छन् । गन्धर्वको जन्म बि.सं. २०१० सालमा तनहुँको चोकचिसापानीमा भएको थियो । उनले ३२ वर्षसम्म रेडियो नेपालमा काम गरेका थिए ।

प्रतिक्रिया