Bisal Chautari Logo

गायिका अञ्जनाको ‘मिठास’ खानलाई होईन सुन्नलाई मात्र बजारमा

- २८ भाद्र २०७०, शुक्रबार १४:३६ मा प्रकाशित


२८ भाद्र, काठमाडौ । गायन क्षेत्रको आधुनिक विधामा निकै सफल गायिका अन्जना गुरुङको दोस्रो एकल गीति एल्वम ‘मिठास’ बजारमा आएको छ । एल्वमको विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गितकार कालिप्रसाद रिजालले गरेका थिए ।कार्यक्रमको विमोचन गर्दै प्रमुख अतिथिका रिजालले अञ्जनालाई पछिल्लो समयमा निकै भर्सस्टाईलिस गायिकाको रुपमा व्याख्या गरे । त्यस्तै एल्वम विमोचन कार्यक्रमका सभापति तथा गायिका अन्जना गुरुङका गुरु चन्दनकुमार श्रेष्ठले गायिका अन्जनाले आफूले सोचेजस्तो गीत अझै गाउन नसकेको बताउँदै एल्बम समग्रमा राम्रै भएको बताए । कार्यक्रममा संगीतकार बीबी अनुरागीले एल्बमको बारेमा छोटो समिक्षा गरे । समिक्षा गर्दै भने–‘राम्रो गितहरु नेपालि संगितले नपाई रहेको समयमा यस एल्वमले केहि राहत ल्याउने बताए । त्यस्तै म्यूजिक खबर डटकमका अध्यक्ष सुमन बैरागीले आयोजकको तर्फबाट एल्वमको सफल्ताको कामनापनि गरे । कार्यक्रममा बोल्दै गायिका अन्जना गुरुङले आफूले सकेसम्मको मेहनत गरेको र साङ्गितिक क्षेत्रमा निरन्तरतापनि गीत गाउन नछाड्ने बताएन् ।

प्रतिक्रिया