Bisal Chautari Logo

‘Suppor Kids 2015’ का प्रतियोगी बालबालिकाहरुले वृद्ध आमाहरुलाई भेटे

- २६ चैत्र २०७१, बिहीबार ०५:२७ मा प्रकाशित


suppor kids 2015 children going old age home in nepal
विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत २६, बिहिबार ।suppor kids 2015’ का अन्तिम प्रतिस्पर्धाका बालबालिकाहरुले सामाजिक कार्यको बारेमा ज्ञान लिएका छन् । हिजो बुधबारका दिन ‘वल्ड एज होम’ मा पुगेर त्यहाका आमाहरुसंग बालबालिकाहरुले निकै लामो समय बिताएका पनि थिए । मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले आयोजना गर्दै आएको यो प्रतियोगीताका बालबालिकाहरुले आयोजक संस्था, बच्चाहरुका परिवार र बच्चा मिलेर केही रकमपनि आमाहरुका लागी हात लगाए ।

suppor kids 2015 children going old age home in nepal (1)
त्यस्तै यस प्रतियोगीताको कोरियोग्राफ गरिरहेकी चर्चित आरजे कला सुब्बाले आफ्नो ब्याक्तिगत तर्फबाट ३५०० रकम आमाहरुका लागी प्रद्धान गरे । बालबालिकाहरु देखेर ‘वल्ड एज होम’का आमाहरु निकै खुसी हुनुभएको आयोजक संस्थाकी अध्यक्ष मोहना खनाल क्षेत्रीले बताइन् ।
प्रतियोगी बालबालिकाहरुलाई समाजमा वृद्ध आमाहरुलाई परिवारमै स्थान दिनुपर्छ, उनिहरुलाई सम्मान, माया गर्नुपर्छ भन्ने शिक्षा दिइएको कोरियोग्राफर सुब्बाले बताइन् ।
तेस्रो संस्करणको यो प्रतियोगीताको अहिले फोटोसुट तथा अन्य शिक्षा मुलक काममा रहेका छन् । यस प्रतियोगीताको कोरीयोग्राफ गरिरहेकी चर्चित आरजे समेत रहेका कला सुब्बाले बालबालिकाहरुको ब्याक्तित्व विकाशसंगै प्रतिभामा निखार ल्याउने काम ट्रेनिङ सेसनमा भइरहेको जानकारी दिइन् । यस प्रतियोगीता गर्नको मुख्य उद्देश्य बताउदै आयोजक संस्थाकी अध्यक्ष मोहना क्षेत्री खनालले बालबालिकाहरुको कन्फिडेन्स डिभ्लभ गर्नका लागी रहेको प्रष्ट्याइन् ।

suppor kids 2015 children going old age home in nepal (2)बालकालिकाहरुलाई यस प्रतियोगीताबाट सामाजिक दाहित्व, सरसफाइ तथा बालबालिकाहरुको चाहना बमोजिम परिवारलाई मनाउने काम समेत गरिने आयोजकका मोहनाले बताइन् । बालबालिकाहरु जस्तो : ‘पेन्टिङ गर्न चाहन्छन्, भने पेन्टिङ गर्न आफ्नो बच्चालाई प्रेरित गर्न परिवारलाई मनाउने ।’ चैतको अन्तिममा ग्राण्डफिनाली मार्फत प्रतियोगीताहरुबाट ‘सुपर किड्स २०१५’ छनौट गरिनेछ ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया