Bisal Chautari Logo

‘क्रिस–३’मा कंगना नयाँ लुक्समा (फोटो फिचर सहित)

- २८ भाद्र २०७०, शुक्रबार १५:२१ मा प्रकाशित


बलिउडकी हट एण्ड सेक्सि अभिनेत्री कंगना रानावत आफ्नो आगामी चलचित्र ‘क्रिस–३’ मा नयाँ रुपमा देखिने भएकी छन् । सुपरवुमेनको भूमिकामा देखिन लागेकी कंगनाका अनुसार ‘क्रिस–३’ मा काम गर्न निकै चुनौतीपूर्ण रहेको थियो । अभिनेत्री कंगना चलचित्र ‘क्रि–३’ बाट निकै आशावादी रहेको बताएकि छिन् । उनले चलचित्रमा प्रसस्त एक्सन दृश्य दिएकी समेत बताइन् । ‘मैले मिहेनत पनि गरेकी छु’ कंगनाले भनिन्, ‘त्यसैअनुसार प्रतिक्रिया पाउने अपेक्षा गरेकी छु ।’ कंगनाले यस चलचित्रमा चचिर्त फेसन डिजाइनर गेविन मिगलले तयार पारेको सुट लगाएकी छन् । उक्त सुट लगाउन मात्र कंगनालाई दुई घण्टा लागेको थियो । ‘क्रिस–३’ राकेश रोशन निमिर्त सन् २००३ मा प्रदशिर्त फिल्म ‘कोई मिल गया’ को तेस्रो संस्करण हो । यसको दोस्रो संस्करण ‘क्रिस’ सन् २००६ मा बनेको थियो । ‘क्रिस–३’ मा अभिनेता ऋतिक रोशन, प्रियंका चोपडा, विवेक ओबेराय र कंगना रानावतको मुख्य भूमिका छ । चलचित्र ४ नोभेम्बरमा प्रदर्शन हुनेवाला छ । एजेन्सिको सहयोगमा 

प्रतिक्रिया