Bisal Chautari Logo

आफ्नो आत्मवलले मृत्युमाथि विजय प्राप्त गरे

- २८ भाद्र २०७०, शुक्रबार १५:४१ मा प्रकाशित


२८ भाद्र, काठमाडौ । नेपालीमुलकी बलिउडकी अभिनेत्री मनिषा कोइरालाले क्यान्सरमाथि विजय प्राप्त गरेर आफ्नो देश नेपाल फर्किएकि छिन् । उनले आज त्यहि विजय र आत्मविश्वासको कथा काठमाडौंमा आयोजित क्यान्सर रोकथामसम्बन्धी एक कार्यक्रममा सुनाइन् । नेपाल क्यान्सर सोसाइटी, अमेरिकन क्यान्सर सोसाइटी र विनययात्रा फाउन्डेसनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भएर पुगेकि मनिषाले क्यान्सर रोकथामसम्बन्धी बताएकि हुन् । अभिनेत्री मनिषाले कार्यक्रममा बोल्दै भनिन्–‘मैले यो विजय मृत्युमाथि नै प्राप्ति गरे । नयाँ जीवन लिएर तपाईंहरुका अगाडि आएकी छु । क्यान्सर मृत्युको पर्यायवाची होइन, क्यान्सर विरुद्धको लडाईं जित्न सकिंदो रहेछ ।’ करिब दुई वर्षपछि काठमाडौं आएकी मनिषाले निकै भावुक हुँदै भनिन्, –‘मेरो सकारात्मक सोच र दृढ इच्छा शक्तिले मलाई क्यान्सरबाट बचायो ।’ सुरुमा क्यान्सर भएको पत्ता लागेमा निको हुने भएकोले समयमै उपचार तिर लाग्न अभिनेत्री मनिषाले  सल्लाह दिएकी थिइन् । भनेकि छिन,–‘मैले क्यान्सर भएपछि जीवनको कति महत्व रहेछ थाहा पाएँ ।’ कार्यक्रममा मनिषाले उपचारका क्रममा खिचेका दुर्लभ तस्बिरहरु पनि सार्वजनिक गरेकी थिइन् । तस्वीर सौजन्य : स्वास्थ्य खबर पत्रिका

प्रतिक्रिया