Bisal Chautari Logo

कलाकार, पत्रकार र मिस नेपालको बाक्लो उपस्थितीमा ‘नाईं नभन्नु ल ३’ प्रिमियर (फोटो फिचर)

- २४ चैत्र २०७१, मंगलवार ०७:१३ मा प्रकाशित


nai nabhannu la 3 movie premiere
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काडमाडौ, २०७१ चैत २४, मंगलबार । यस वर्ष सार्वधिक प्रतिक्षा गरिएको विकाश आचार्य कृत चलचित्र ‘नाई नभन्नु ल ३’ को हिजो भब्य प्रिमियर गरिएको छ । प्रदर्शनमा आउनुभन्दा ४ दिन अगाडि नै चलचित्र ‘नाई नभन्नु ल ३’को भव्य प्रिमियर काठमाण्डौको बिग मुभिजमा गरिएको हो । यो चलचित्र हेर्न कलाकार, पत्रकार र चलचित्रकर्मी तथा मिस नेपालहरुको बाक्लो उपस्थिती थियो ।

nai nabhannu la 3 movie premiere
मुस्कान ढकालले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘नाई नभन्नु ल ३’ प्रिमियरमा आमन्त्रित दर्शकहरु धेरै भएर हलमा स्थान नहुँदा कतिपय कलाकार फकिर्एका पनि थिए । तर जती हलमा बसेर चलचित्र हेर्ने सबैले चलचित्र मनपराएको बताएका छन् ।
चलचित्र ‘नाई नभन्नु ल ३’को प्रिमियरमा मुख्य कलाकारहरु आर्यन सिग्देल, सुरज सिंह ठकुरी, प्रियंका कार्की, संयम पुरी, आश्मा डीसी, अनुभव रेग्मी सहभागी थिए ।

nai nabhannu la 3 movie premiere-rajesh payal rai (2)
त्यस्तै चलचित्र हेर्न धेरै सेलिव्रेटीहरुको उपस्थिती रहेको थियो । चलचित्र हेर्न गायक राजेश पायल राई, अभिनेत्रीहरु रेखा थापा, नम्रता श्रेष्ठ, नन्दिता केसी, बेनिशा हमाल, छुल्टिम डोल्मा, हास्य अभिनेत्री दिपाश्री निरौला लगायत उपस्थित रहेका थिए, भने अभिनेता तर्फ दयाहाङ राई, अनुप विक्रम शाहि, विल्सन विक्रम राई लगायत उपस्थित रहेका थिए । प्राय जसो सबै मिडियाका प्रतिनिधीहरु सहभागी भएका थिए ।

nai nabhannu la 3 movie premiere-priyanka karki (1)
चलचित्र हेर्न मिस नेपालहरुको लर्को नै लागेको थियो । पुर्व मिस नेपालहरु क्रमश: सदिक्षा श्रेष्ठ, इशानी श्रेष्ठ, सृष्टि श्रेष्ठ लगायत उपस्थित रहेका थिए । चलचित्र ‘नाई नभन्नु ल ३’ यही आउदो शुक्रबारबाट हलमा लाग्दैछ ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”9343,9345,9347,9344,9350,9349,9348,9342,9341,9351″]

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया