Bisal Chautari Logo

खिलराजद्धारा चलचित्रकर्मी तथा रंग पत्रकारलाई सम्मान

- २९ भाद्र २०७०, शनिबार १६:४४ मा प्रकाशित


२९ भाद्र, काठमाडौ । नेपाल चलचित्र कलाकार संघको १२ औ साधारण सभामा विभिन्न चलचित्रकर्मी तथा पत्रकारहरुलाई सम्मानित गरिएको छ । मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले तथा संघका अध्यक्ष नवल खड्काले सम्मान हस्तान्तरण गरेका थिए ।कार्यक्रममा कलाकार संघको स्थापना भएको २६ बर्ष पुगेको अवसरमा २६ वटा बेलुन पनि उडाइएको थियो । नेपाल चलचित्र कलाकार संघ पुरस्कार २०७० बाट अभिनेता कृष्ण मल्ललाई पुरस्कृत गरिएको छ । उनलाई सम्मानपत्र र ५१ हजार १ रुपैयाबाट पुरस्कृत गरिएको छ । यस्तै नेपाल चलचित्र कलाकार संघ शान्ती मास्के पुरस्कार २०७० बाट कलाकार मीथिला शर्मालाई १५ हजार १ रुपैयाँ र सम्मानपत्रबाट पुरस्कृत गरिएको छ । कलाकार संघले सगरमाथाको सफल आरोहण गर्ने नायक अर्जुन कार्की र नायिका निशा अधिकारीलाई नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान २०७० बाट सम्मानित गरेको छ ।यस्तै कार्यक्रममा नेपाल चलचित्र कलाकार संघ पत्रकारिता सम्मान २०७० बाट पत्रकारद्धय कृष्ण भट्टराई र दिपेशराज थारुलाई सम्मानित गरिएको थियो । रंग पत्रकारिताको क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । नेपाल चलचित्र कलाकार संघ नव प्रतिभा सम्मान २०७० बाट चचिर्त हाँस्य कलाकार विल्सनविक्र राइलाई सम्मानित गरिएको छ । कलाकार संघले सेवा सम्मानबाट कलाकार राजाराम पौडेल, सुशील पोखरेल, श्रीराम पुडासैनीलाई सम्मानित गरेको थियो । शनिबार काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले पुरस्कृत तथा सम्मानित चलचित्रकर्मी तथा पत्रकारहरुलाई सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै उनले चलचित्र क्षेत्रका कलाकारहरुलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरे । कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्षहरुको पनि उपस्थिती थियो ।

प्रतिक्रिया