Bisal Chautari Logo

२२ बर्षीय सन्दिप भए मिष्टर नेपाल २०१५

- २३ चैत्र २०७१, सोमबार १०:४९ मा प्रकाशित


mister nepal 2015 sandeep pokharel
विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत २३, सोमबार । एपोलो इन्टरनेसनल कलेज वानेश्वरमा बिबिएस अध्यायनरत २२ बर्षीय सन्दिप पोखरलले ‘मिष्टर नेपाल २०१५’ उपाधि चुमेका छन् । गोर्खाका पोखरेलले ४० प्रतियोगी युवालाई पछि पार्दै १३ आंै मिष्टर नेपाल बनेका हुन् । प्रतियोगीतामा पोखरेलले मिष्टर ह्याण्डसम, बेष्ट पर्सनालिटी र बेष्ट फिजिक्स बिधागत अवार्ड समेत हात पारे ।

mister nepal 2015 sandeep pokharel
‘यदी तपाई छोरीको बाबु भएको खण्डमा निर्बाह गर्ने प्रमुख तिन कुरा के के हुन्’ ? निर्णायकले अन्तिम राउण्डमा पोखरेललाई प्रश्न राखेका थिए । यही प्रश्नको उत्कृष्ट जवाफ दिदै पोखरेल उपाधि बिजेता बनेका हुन् । पोखरेललाई गतबर्षका बिजेता सुरज चिलुवालले मिष्टर नेपालको ताज पहिऱ्याए । बिजेता पोखरेलले उपाधिका साथमा नगद एक लाख रुपैया, चलचित्र बिन्दाश ३ अभिनयका अवसरकासाथमा अन्य बिभिन्न उपहार प्राप्त गरे । बिजेता घोषित भएपछि पोखरेलले आफुलाई नेपाली चलचित्र क्षेत्र मन पर्ने भएकोले सफल अभिनेता बन्ने आफ्नो लक्ष्य रहेको सुनाए । अभिनेताको रुपमा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो र देशको नाम चिनाउन सधै आफु लागी पर्ने उनको भनाई थियो ।
त्रिभुवन आर्मी अफिसर्स क्लबमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगीतामा प्रतिक लालवानी फष्ट रनर अफ र मिलन श्रेष्ठ सेकेण्ड रनर अफ घोषित भए । लालबानीले ह्याण्डसम ,पर्सनालिटी सहित भियुर्स च्वाईस अवार्ड समेत जित्दा श्रेष्ठले भने फ्रेड्ली अवार्डमा चित बुझाए । दुबैले उपाधिका साथमा बिभिन्न उपहार समेत प्राप्त गरे । युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उदेश्यले आयोजक एक्सपोज नेपालले सहभागी युवाहरुलाई व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायतका प्रशिक्षण सहित स्पर्धामा उतारेको थियो ।
दर्जन बढी उप–शिर्षकमा बिजेता घोषित गरिएको कार्यक्रममा प्रतियोगीतामा सुजित आचार्य फोटोजेनिक, अजुरी दिमखान र शनी शाह फिजिक्स, अरुण केसी र प्रहिल कार्की मेक ओभर, गोपाल गज्मेर र वर्कास राई चर्मिङ ,राजेन्द्र रवाल बेष्ट ड्रेस, युमा लिब्बु बेष्ट स्क्रिन, दोष्त हरन लिब्बु मल्टिीमिडिया, बिजय केसी बेष्ट क्याटवाक, निरन अवाल र पवन गुरुङ स्पोर्ट घोषित भए ।
चलचित्र निर्देशक उद्धव अबिजित, राजु गिरी, मिष्टर नेपाल २०१४ का सुरज चिलुवाल, मिसेस राजधानी अनुकाली राणालयायत निणर्यक रहेको प्रतियोगीताको कोरीयोग्राफी चाँदनी लामिछानेले गरेकी थिइन् । गीत, नृत्य तथा हाँस्य ब्याङ्ग्यका बेजोड प्रस्तुतिका साथ सम्पन्न प्रतियोगीताको कोरियोग्राफी अन्य सौदर्य प्रतियोगीता केही भिन्न रहेको थियो । मिष्टर नेपाल आफुले दशक अगाडीदेखि नियमित आयोजना गर्दै आएको जानकारी दिदै आयोजक संस्था एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले आगामी बर्ष पनि यसलाई झन् आकर्षक तवरले निरन्तरता दिने बताए ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया