Bisal Chautari Logo

लुकि लुकि ब्लु फिल्म हेर्ने मिना चलचित्रको खोजिमा

- ३० भाद्र २०७०, आईतवार ०४:५० मा प्रकाशित



मीना जिरेल, मोडल

मेड्लिङ क्षेत्रमा राम्रो क्षमता देखाउँदै अगाडि बढिरहेकि मोडेल मीना जिरेल नेपाली कला क्षेत्रमा भर्खरै पहिचान बनाउँदै छिन् । आधा दर्जन गीतमा मोडलिङ गरिसकेकी उनी राम्रो चलचित्र खेल्न खोजिमा रहेकि छिन् ।

करिब दुई दशक उमेर पुगेकी मीनाको इच्छा नेपाली चलचित्रमा राम्रो अभिनय गर्ने रहेको छ । ‘चलचित्रमा खेल्नका लागि कुराकानी भइरहेको छ,’ उनले भनिन् । अभिनय र नृत्य दुवैमा राम्रो क्षमता रहेको दाबी गर्दै भनिन्–‘राम्रो क्षमता भएकाले अवश्य पनि म उद्देश्यमा सफल हुनेछु ।’ सानो छँदा कला क्षेत्र उनलाई खुबै मनपर्ने बताउछिन् । सोही सोखका कारण मीनाले आफ्नै गाउँ सिन्धुपाल्चोकको चोकटीबाट मोडलिङ पनि सुरु गरिन् । उनले पहिलोपटक थामी भाषाको ‘थाङमी’ डकुमेन्ट्रीमा अभिनय गरेकी थिइन् । डकुमेन्ट्रीको अभिनयकै कारण उनलाई मोडलिङ क्षेत्रमा प्रवेश गर्न सजिलो भएको थियो । कला क्षेत्रमा लाग्न घर परिवारबाट सहयोग पाइरहेको मीनाको भनाइ छ । मोडलिङ क्षेत्रमा आइसकेपछि प्रेम प्रस्ताव आएर हैरान पारेका बताउदै मोलड मीनाले भनिन्–‘तत्काल विवाह गर्ने पक्षमा छैन । आफ्नो लक्ष्य पुरा भएपछि मात्रै विवाहको बारेमा सोच्नेछु । सेक्सलाई मीनाले धेरै महत्व नदिने बताउछिन् । ‘सेक्स प्राकृतिक देन हो,’ उनले भनिन्, ‘तर मैले अहिलेसम्म सेक्सको अनुभव लिएकी छैन ।’
बजारमा पाइने ब्लु फिल्म भने मीनाले हेर्न भ्याएकी रहिछिन् । मिल्ने केटी साथीको मोबाइलमा रहेको ब्लु फिल्म उनले केही समयअघि पहिलोपटक हेरेकी रहिछिन् । ‘ब्लु फिल्म हेर्ने विषय धेरै ठूलो होइन,’ मीनाले भनिन् ।

प्रतिक्रिया