Bisal Chautari Logo

विष्णु चेम्जोङले जितिन् तेस्रो मिस लिम्बुको ताज (फोटो फिचर सहित)

- २२ चैत्र २०७१, आईतवार १४:५८ मा प्रकाशित


Bishnu Chemjong miss limbu 2015

Bishu Chemjang crowned as Miss Limbu pose with 1st Runner Up Merina Chemjang and 2nd Runner Up Sangma Khapung
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काडमाडौ, २०७१ चैत २२, आइतबार । विष्णु चेम्जोङले तेस्रो मिस लिम्बुको ताज जितिकी छिन् । आज राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको अन्तिम प्रतियोगीताबाट विष्णुले ‘बराह ज्वेलरी मिस लिम्बु सिजन ३’को ताज आफ्नो शिरमा पारेकी हुन् । १७ प्रतियोगीलाई पछि पार्दै उनले उपाधिको ताजसँगै नगद ५० हजार रुपैंयाँ पनि प्राप्त गर्दै ‘मिस बेष्ट स्माइल’को अवार्ड पनि जितिन् ।

Bishnu Chemjong miss limbu 2015 (1)
प्रतियोगीताको विजेता विष्णुलाई पुर्व मिस नेपाल तथा मिस वल्डमा टप १० मा पुगेकी इशानी श्रेष्ठले ताज पहिराइ दिएकी थिइन् ।
याक्थुङ युथ एशोसिएसनले आयोजना गरेको प्रतियोगितामा मेरिना चेम्जोङ फष्ट, संगमा खापुङ सेकेण्ड रनरअप बन्दै क्रमश: नगद २५ हजार र १५ हजार प्राप्त गरे । संगमाले ‘मिस पङचुअल’ विधाको अवार्ड पनि जितिन् । प्रतियोगितामा सिर्जना लिवाङ चौथो र आङसाङ इस्पो पाँचौं बनिन् । सिर्जनाले ‘मिस पर्सनालिटी’ विधाको अवार्ड पनि जितिन् ।

Bishnu Chemjong miss limbu 2015 (4)
विधागत अवार्डतर्फ स्मेना आवाजुङ ‘बेष्ट ड्रेस’, अनिशा बोखिम ‘मिस चामिर्ङ’, कल्पना स्पो ‘मिस ट्यालेन्ट’ घोषित भए । प्रतियोगीताको प्रमुख निर्णायक सुरज सुब्बा नाल्बो रहेका थिए ।

Bishnu Chemjong miss limbu 2015 (2) Bishnu Chemjong miss limbu 2015 (3)

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया