bhuwan kc autobiography
विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत २१, शनिबार । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखी सदाबहार रुपमा छाइरहेका चर्चित अभिनेता भुवन केसीको आत्मकथाको नाम ‘सुपरस्टार’ राखिने भएको छ । यस अघि ‘प्लेव्वाइ’ राखिने चर्चा चलेपनि सो नाममा नआउने भएपछी भुवनको आत्ममकथाको नाम ‘सुपरस्टार’ हुने आत्मकथा लेखिरहेका घोष्ट राइटिङ् नेपालका कमल ढकालले जानकारी दिए ।
चैत २२ सार्वजनिक हुने भनिएको सदाबाहार अभिनेता केसीको आत्मकथा पूर्व निर्धारित मितिमा नआउने भएको छ । भूवनको आत्मकथा लेखिरहेका ढकालका अनुसार अभिनेता भुवन केसी चलचित्र सुटिङका कारण किताबको फाइनल ड्राफ्ट हेर्न पाउनु भएन त्यही भएर किताब पूर्व निर्धारित मितिमा बजारमा नआउने भएको हो । भुवनले आफ्नो किताब आमाको जन्मदिनको अवसर पारेर सार्वजनिक गर्ने बताएका थिए । भुवनको किताब वैशाखको अन्तिम साता सार्वजनिक गरिने पनि लेखक ढकालले बताएका छन् । नेपाली सिनेनगरीमा ‘रोमान्स किगं’को उपनामले चिनिने भुवनको आत्मवृतान्तमा उनका अनेक महिलासँग जोडिएका रोमान्सका किस्साहर कति खुल्लाढंगले प्रस्तुत गरेका छन भन्नेमा सबैको उत्सुक्ता रहेको छ ।
प्रतिक्रिया