Bisal Chautari Logo

रेशम ‘विनय’ को दिन आउला ? (रेशम फिलिली ट्रेलर सार्वजनिक)

- २१ चैत्र २०७१, शनिबार ०९:२३ मा प्रकाशित


Vinay Shrestha and Menuka Pradhan Resham Filili  Movie Trailer
विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत २१, शनिबार । पछिल्लो समय सबैभन्दा बढी प्रतीक्षित सिनेमा बनेको ‘रेशम फिलिली’को अफिसियल ट्रेलर रिलिज सार्वजनिक भएको छ । ३ मिनेट ५ सेकन्ड लामो चलचित्रको ट्रेलर उत्कृष्ट अनी फरक रहेको छ ।

Resham Filili  Official Movie Trailer
माधव वाग्ले निमार्ता रहेको चलचित्र आगामी वैशाख ११ गतेदेखि रिलिज हुँदैछ । चलचित्रमा रहेको ‘जालमा’ बोलको गीत नेपालमा सबैभन्दा छोटो समयमा धेरै हेरीएको गीतमा नम्बर १ मा पर्छ । यस गीतको कभरपनि युट्युवमा धेरै हिट भइरहेको छ । साथै देश विदेशमा यो गीत निकै लोकप्रिय बनेको छ । बैशाख ११ गते रिलिज हुने सिनेमालाई प्रणव जोशीले निर्देशन गरेका हुन् ।

Resham Filili  Official Movie Trailer Vinay Shrestha and Menuka Pradhan
चलचित्रमा विनय श्रेष्ठ, मेनुका प्रधान, कामेश्वर चौरासिया, कर्म लगायत मुख्य भुमिकामा रहेका छन्, भने चलचित्र कमेडी र सोसल ड्रामा जानरामा बनेको सिनेमा हो ।

ट्रेलर हेरौ

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया