Bisal Chautari Logo

संगीतकार तारा प्रकाश र गायिका सकुनको ‘स्नेह’ सार्वजनिक

- २० चैत्र २०७१, शुक्रबार ०८:१९ मा प्रकाशित


tara prakash limbu and shakun limbu albam
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काडमाडौ, २०७१ चैत २०, शुक्रबार । नेपाली पाश्र्व संगीत तथा गायनमा ब्यास्त तारा प्रकाश लिम्बुको एकल संगीत र नव सृष्ठा सकुन लिम्बुको स्वरमा ‘स्नेह’ नामक एल्बम सार्वजनिक भएको छ । हिजो बिहिबार राजधानिमा एक समारोहका बिच एल्बमको विमोचन प्रमुख अतिथीद्धय गायिका कुन्ति मोक्तान र गीतकार डा. कृष्णहरी बरालका साथमा गायक हेमन्त शर्मा, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय लगायतले एकसाथ विमोचन गरेका थिए ।

tara prakash limbu and shakun limbu albam (1)
एल्बमको विमोचन पश्चात देश बाहिर रहेकी गायिका सकुन लिम्बुले लेखेर पठाएको चिठि पढेर कार्यक्रममा सुनाइएको थियो । गायिका सकुनले लेखेर पठाएको चिठिमा गायन क्षेत्रमा लाग्ने बच्चैदेखीको सोख आज आएर पुरा भएको बताइन् ।
विमोचित एल्बमको गीतहरुको बारेमा बोल्दै गीतकार डा. कृष्णहरी बरालले संगीतकार तारा प्रकाशको संगीतमा खोट नभएपनि नव गायिकामा केही खोट होला भनेर सोचेको तर गायिकाको स्वरपनि उत्तिकै सशक्त रहेको समिक्षा गरे । त्यस्तै गायिका कुन्ति मोक्तानले एल्बम विमोचन हुदा सकुन बहिनी नहुदा दुख लागेको बताउदै अझ बढी दुख अनी पिडा गायिकालाई लागेको होला भन्दै पिडा नलिन बताए । किनभने एल्बमका गीतहरु राम्रो बनेको बताइन् ।

tara prakash limbu and shakun limbu albam (2)
त्यस्तै एल्बमका संगीतकार तारा प्रकाश लिम्बु गायिका सकुन नभएकाले आफुलाई नरमाइलो लागिरहेको बताए । एल्बम विमोचनमा गायिका र संगीतकारलाई अतिथीहरुले बधाई दिएका थिए । एल्बम विमोचन समारोहमा एल्बममा समावेश एक भिडियो समेत सार्वजनिक गरिएको थियो ।
६ गीत समावेश गरिएको एल्बममा यमन सुब्बा, बिआर मित्र, किरण टि लिम्बु, स्वप्निल बरालको शब्द रहेको छ, भने साहश साक्य, चन्दु गोर्खाली र चन्द्र चौधरीले एरेञ्ज गरेका हुन् । एल्बमलाई ओपेरा ट्युन म्युजिक प्राइभेट लिमिटेडबाट बजारमा ल्याइएको हो ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया