Bisal Chautari Logo

‘सर तपाई हाम्रो बारेमा सोचिरहनु भएको छ तर हामी देशको बारेमा सोचिरहेका छौ’ ‘चंखे शंखे पंखे’ ट्रेलर सार्वजनिक

- २० चैत्र २०७१, शुक्रबार ०७:२३ मा प्रकाशित


Sudarshan Thapa and Pooja Sharma Chankhe Shankhe Pankhe Trailer lunch

‘चंखे शंखे पंखे’को ट्रेलरसँगै थप दुई चलचित्र प्रेम गीत र मीरा घोषणा

यो पनि हेरौ : अभिनेत्री पूजाले पनि अब चलचित्र बनाउँने

विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काडमाडौ, २०७१ चैत २०, शुक्रबार । ‘सर तपाई हाम्रो बारेमा सोचिरहनु भएको छ तर हामी देशको बारेमा सोचिरहेका छौ’ सफल निर्देशक तथा अभिनेता सुर्दशन थापाले यो शब्द बोलिरहदा चलचित्र ‘चंखे शंखे पंखे’को ट्रेलर सार्वजनिकमा उपस्थित सबैले तालि बजाएर स्वागत गरे । चलचित्र ‘चंखे शंखे पंखे’ को निर्देशक तथा अभिनेता समेत रहेका थापाले यो भन्दा पहिला धेरै किसिमका सिनेमाहरु बनाएको, तर यो चोटी चाही देशको बारेमापनि सोचौ न त भनेर सिनेमा ‘चंखे शंखे पंखे’ बनाएको बताए ।

Sudarshan Thapa and Pooja Sharma Chankhe Shankhe Pankhe Trailer lunch (2)
कलाकार तथा पत्रकाहरुको निकै ठूलो जमघटका बीच आयोजित समारोहमा जब सुर्दशन थापाको टिमले ‘चंखे शंखे पंखे’को ट्रेलर रिलिज गर्‍र्यो त्यस पश्चात थप दुई प्रोजेक्ट निर्माणको घोषणा पनि गरियो उक्त कार्यक्रममै गरियो । पब्लिसिटी बाहेक चलचित्र निर्माणमा मात्र १ करोड १० लाख लगानी लागेको चंखे शंखे पंखे आउँदो जेठ १ गते रिलिज हुने चलचित्र हो ।

Sudarshan Thapa and Pooja Sharma Chankhe Shankhe Pankhe Trailer lunch (6)
तर चलचित्र ‘चंखे शंखे पंखे’ टिमले सो चलचित्र रिलिज भएको ठीक दुई महिना पश्चात फ्लोरमा जानेगरी प्रेम गीत नामक अर्को करोड बजेटको चलचित्र निर्माण गर्ने जानकारी दिएको छ । ‘प्रेम गीतमा’ प्राविधिकहरु तर्फ चंखे शंखे पंखेकै टिम दोहोरिने छ भने कलाकारहरु तर्फ भने केही हेरफेर हुन्छ होला त्यसैले पहिलो पटक बनाएको मेरो एउटा साथी छ चलचित्र भन्दा निकै माथी रहेर प्रेम गीतको सुटिङ हुनेछ’ निर्देशक थापाले भनेका छन् । यस चलचित्रमा अभिनेत्रीको रुपमा अभिनेत्री पुजा शर्मा छनौट भइसकेको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।

Sudarshan Thapa and Pooja Sharma Chankhe Shankhe Pankhe Trailer lunch (8)
उता चलचित्र ‘चंखे शंखे पंख’का निर्माता सन्तोष सेन, निर्देशक तथा अभिनेता सुदर्शन थापा कार्यकारी निर्माताको रुपमा रहेर सिनेमा बन्ने घोषणा गरेका छन् । ‘मीरा’ टाइँटल रहने चलचित्रमा अभिनेत्री पूजा आफै हिरोइन चाँहि हुने छैनन् । चलचित्र चंखे शंखे पंखेमा चाँहि उनलाई टेलिभिजन रिपोर्टरको भूमिकामा देख्न सकिन्छ भने यस्तै बन्न लागेको अर्को फिल्म प्रेम गीतमा चाँहि पूजालाई लभर गर्लको रोलमा देखिने बताईएको छ ।

Sudarshan Thapa and Pooja Sharma Chankhe Shankhe Pankhe Trailer lunch (3)
त्यस्तै कार्यक्रममा बोल्दै निर्माता सन्तोष सेनले चाँहि सोचे भन्दा दुई स्टेप माथि रहेर चंखे शंखे पंखे चलचित्र बनेकाले आफूले लगातार थप दुई प्रोजेक्टमा हात हाल्ने निर्णय गरेको बताएका छन् ।

ट्रेलर हेरौ

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”9281,9284,9288,9287,9286,9285,9278,9277″]

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया