Bisal Chautari Logo

रामकृष्ण ढकालको छोरी ‘रानी’ले पहिलो गीत रेकर्डिङ गरिन् (फोटो फिचर सहित) – Exclusive

- १९ चैत्र २०७१, बिहीबार १७:१८ मा प्रकाशित


ram krishna dhakal daughter rani dhakal first song recording

Exclusive

विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काडमाडौ, २०७१ चैत १९, बिहिबार । चर्चित गायक रामकृष्ण ढकालको छोरी ‘रानी’को चर्चा नेपाली साङ्गीतिक क्षेत्रमा उनले माइक समातेर बाबासंग तोते स्वरमा गीत गाउँदादेखी नै हुन थालेको थियो । रानीले स्टेजमा गीत गाएको सुन्दा दर्शकहरु गीत कहिले रेकर्ड गराउछन् भनेर कानेखुसी गर्थे । यता मिडियामापनि रानीको चर्चा गीत रेकर्डिङ कै विषयलाई लिएरपनि धेरै भए । त्यो चर्चा अब पुरा भएको छ । रानीले ८ वर्षको उमेरमा आज म्युजिक नेपालको स्टुडियोमा गीत रेकर्डिङ गराएकी छिन् ।

ram krishna dhakal daughter rani dhakal first song recording
‘हेर कति राम्रो लाग्छ जुन’ बोलको गीत रेकर्डिङको क्रममा गायिका बनेकी रानी ढकाल एकदमै हर्सिद मुद्रामा गाइरहेकी थिइन् । ‘दशक’ नामक एल्बममा समावेश रहने गीतलाई रकी धासुले संगीत, शब्द तथा एरेञ्ज गरेका छन् । रानीले गाएको डोयट गीतलाई १० वर्षिया स्रजल महर्जनकोपनि स्वर रहेको छ । महर्जन डान्स डाइरेक्टर सरोज महर्जनको छोरा रहेका छन् ।

ram krishna dhakal daughter rani dhakal first song recording (6)
गीत रेकर्डिङमा गायक राम कृष्ण ढकालपनि उपस्थित थिए । छोरीले गीत रेकर्ड राम्रो गर्दा उनी दंग थिए । उता संगीतकार रकिपनि एल्बमको गीत राम्रो भएको बताए ।

 सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”9267,9266,9268,9269″]

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया