Bisal Chautari Logo

हङकङमा निर्मल र पुजनाको ‘चकलेट’ प्रदर्शन हुने

- १९ चैत्र २०७१, बिहीबार ११:५१ मा प्रकाशित


Poozana Pradhan and Nirmal Sharma movie CHOCOLATE in hongkong
विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत १९, बिहिबार । चलचित्र ‘चकलेट’को निर्माण सुरुताका देखी नै चर्चामा रहेको छ । त्यहा माथि हास्यक्षेत्रमा स्थापित हास्य अभिनेता गैडा अर्थात निर्मल शर्माले निर्देशन गरेको चलचित्र ।

Poozana Pradhan and Nirmal Sharma movie CHOCOLATE in hongkong
चलचित्र लगभग तयार भइसकेको छ । र, यो चलचित्रको श्री गणेश ड्यासपोराबाटै हुने भएको छ । हो, चलचित्र चकलेटको अन्तराष्टिय प्रिमियर नेपाली भाषीको बाहुल्य रहेको हङकङबाट हुने भएको छ । आउदो जुन २८ गते हङकङमा । भब्यप्रदर्शन हुने जानकारी निर्माता खुसी गुरुङले दिइन । हङकङको सफल प्रदर्शनपछि यूके, अष्टेलिया लगायत विश्वको विभिन्न स्थानमापनि यो चलचित्र देखाईने निर्माताले जनाइन ।
सडक बालबालिकाको जीबनमा आधारित चलचित्र चकलेट हेर्न निर्देशक शर्मा र अर्की निर्माता पुजनाप्रधान स्त्रीले पनि हङकङ जाने भएका छन् र उनीहरु प्नि दर्शकसामु पहिलो शो हेर्ने भएका छन् ।
पछिल्लो समयमा नेपाली चलचित्र एकपछि अर्को फ्लपभइरहेको अवस्थामा यो चलचित्रले पक्कै पनि राम्रो व्यापार गर्नेमा निमाण समूह ढुक्क छन् । किनभने विश्वका झण्डै दर्जन देश वा शहरमाप्रदर्शन गर्ने मितीलगभग तय जस्तै भइसकेको छ । ति देशहरुमा प्रदर्शन गरेपनि लगानी सुरक्षित हुने निर्माण समूहको दावी छ । त्यसपछि नेपालमा स्वीटेवल समय हेरेर नेपाली दर्शकसामु प्रदर्शनमा ल्याइने जनाइएको छ । डा.आयुश्मान घिमिरे, पुजना स्त्री, केशव भट्टराई, कमल मैनाली, सुनिता ठाकुर, अनुजशाक्य, नम्रता झा लगायतले अभिनय गरेको चलचित्र नेपालमा चाडै प्रर्दशनमा आउने जनाइएको छ ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया