Bisal Chautari Logo

बर्दियामा ६ महिनामा महिला हिंसाका ३० घटना

- ३१ भाद्र २०७०, सोमबार ०१:३३ मा प्रकाशित


–मुकुन्द सुवेदी
बदिर्या, ३१ भदौ । बदिर्या जिल्लामा ६ महिनामा तीस ओटा महिला हिंसाको घटना भएका छन् । गत जनवरीदेखि जुन महिनासम्म जिल्ला भरी ३० वटा महिला हिंसाका घटना घटेको अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले आइतबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 
इन्सेकका अनुसार बितेको ६ महिना भित्रमा जिल्लामा ३ जना महिलाको हत्या, ११ जना महिला माथि घरेलु हिंसा, २ जना महिला बोक्सीको आरोपमा दुव्र्यवहार , १ महिलामाथि अमानवीय व्यवहार, ८ बालिकासहित १२ जना महिलामाथि बलत्कार, १ बालकमाथि बलात्कार, १ बालिका अपहरित, २ बालिका माथि  यौनदुव्र्यहार  भएको तथ्यांक सार्वजनिक गरेको छ । त्यसैगरी बदिर्यामा २ जनाको सम्पत्तिमा क्षति तथा तोडफोड, शसस्त्र प्रहरीको यातनाबाट घाइते, दोहोरो झडप, सम्पत्ति कब्जा, विद्यायालय बन्दजस्ता मानवअधिकार विरोधी घटना भएको इन्सेकले प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेक बदिर्याले नेपाल मानवअधिकार वर्ष पुस्तकको अर्धवाषिर्क समीक्षा कार्यक्रममा सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लामा अझै पनि महिला हिंसाका घटनाहरु समाजमै लुकेर रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय बदिर्याका सहायक प्रमुखजिल्ला अधिकारी एकदेव अधिकारीले धेरै घटना प्रकाशमा आउन नसकेको र ती घटना अभिलेखीकरण गरी जिल्लाको वास्तविक मानवअधिकार अवस्था बाहिर ल्याउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया