Bisal Chautari Logo

२ हजार वर्ष अगाडि नै बुद्ध नेपालमा जन्मिएको टुंगो लागिसकेको हो– भारतिय दुतावास

- ३१ भाद्र २०७०, सोमबार ०२:१६ मा प्रकाशित


३१ भद्र, काठमाडौं ।
भारतीय सञ्चारमाध्यमले गौतमबुद्ध भारतमा जन्मेको भ्रामात्मक प्रचार गरिरहेका बेला भारतीय दूतावासले भगवान गौतम बुद्ध नेपालमै जन्मेको जनाएको छ । दूतावासले आइतबार सामाजिक सञ्जाल फेसबुक, ट्विटर मार्फत अनौपचारिक प्रतिक्रिया दिँदै बुद्ध कहाँ जन्मेको भन्ने विषयको टुंगो २ हजार वर्षअघि नै लागिसकेको जनाएको छ । 
दूतावासको फेसबुक पेजमा भनिएको छ, ‘बुद्ध कहाँ जन्मिएका थिए भन्ने प्रश्न २ हजार वर्ष पहिले नै समाधान भइसकेको विषय हो ।’ भारतीय सञ्चारमाध्यमले बुद्धको जन्मस्थल लुम्बिनी भारतमा पर्नेजस्ता भ्रामक समाचार निरन्तर प्रसारण गरे पनि नेपाल सरकारले भने त्यसको औपचारिक खण्डन गरेको छैन । तर, भारतीय दूतावासले जति बेला नेपालको लुम्बिनीमा अशोकले शिलाखेल स्तम्भ खडा गरे, त्यही समय बुद्ध कहाँ जन्मेका हुन् भन्ने विषयले टुंगो पाइसकेको उल्लेख गरेको छ । ‘जतिखेर अशोकले लुम्बिनी, नेपालमा शिलालेखसहित स्तम्भ खडा गरेका थिए, सोही बेला समस्या सामधान भइसकेको थियो,’ फेसबुक पेजमा उल्लेख छ ।
भारतीय विदेशसचिव सुजथा सिंहले पनि दुई दिने नेपाल भ्रमणबाट फर्कने क्रममा आइतबार बुद्ध नेपालमै जन्मिएको अभिव्यक्ति दिइन् । भनिन्, ‘बुद्धको जन्मस्थल लुम्बिनी हो । लुम्बिनी नेपालमा पर्छ ।’ (बिसी)

प्रतिक्रिया