Bisal Chautari Logo

‘तिम्रो दुइटा हेडलाईट मनपर्छ, के दुईटा हेडलाइट ?’ (होस्टेल रिटन्र्स’को ट्रेलर सहित)

- १८ चैत्र २०७१, बुधबार १४:१९ मा प्रकाशित


Sushil Shrestha and Swastima Khadka Hostel Returns Official Trailer
विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत १८, बुधबार । नयाँ बर्षको वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘होस्टेल रिटन्र्स’को ट्रेलर सार्वजनिक गरिएको छ । केही दिन अगाडी काठमाण्डौको क्यूज हलमा कार्यक्रम गरि सिनेमाको ट्रेलर सार्वजनिक गरिएको थियो । नव अभिनेत्री स्वस्तिमा खड्काले बोलेको ‘तिम्रो दुइटा हेडलाईट मनपर्छ । के दुईटा हेडलाइट ?’ जस्ता डाइलगबाट सुरु भएको ट्रेलर १ मिनेट ५० सेकेण्डको रहेको छ ।

Sushil Shrestha and Swastima Khadka Hostel Returns Official Trailer
दुगिर्स फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका हुन् । कार्यक्रममा निर्देशक भुषालको जन्मदिनको अवसरमा केक पनि काटिएको थियो । सुनिल रावलले निर्माण गरेको यो चलचित्रले कलेज पढ्ने यूवापुस्तालाई आकषिर्त गर्ने विश्वास गरिएको छ । सार्वजनिक ट्रेलरमा होस्टेल जिवनमा हुने विभिन्न घटनालाई रोचक तबरले प्रस्तुत गरिएको छ ।
चलचित्रमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्का लगायतका नयाँ अनुहारहरुको अभिनय छ । कार्यक्रममा मुख्य कलाकर शशी श्रेष्ठ भने देखिइनन् । जसका कारण पनि अर्की कलाकार स्वस्तिमा खड्का कार्यक्रममा विशेष हाइलाइटमा रहेकी थिइन् । चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, स्वप्निल शर्माको संगीत, चन्द्र पन्तको एक्सन रहेको छ भने दुगिर्स फिल्मस्ले यसअघि चलचित्र ‘सायद र होस्टेल’ निर्माण गरिसकेको छ ।

Hostel Returns || Official Trailer || Nepali Movie || Full HD


Director :Suraj Bhushal
Producer/Story : Sunil Rawal
Music & Lyrics : Swapnil Sharma
Actors : Sushil Shrestha, Sashi Shrestha,Swastima Khadka, Abhaya Baral, Naajir Husain etc…..
Screenplay & Dialogue : Suraj Bhushal, Santosh Lamsal
Choreographer : Govinda Rai, Suraj Bhusal
Action : Asta Maharjan
Cinematographer : Hari Humagain
Colorist : Rajendra Moktan
Editor : Surendra Poudel
Hair Stylist : Sangita Karki
Make-up : Saroj Budhathoki
Art Director : Madhu Gewali
Background Score : Rohit Shakya, Shailesh
Sound Engineer : Uttam Neupane
Educational Partner : NEPAL EDU CENTER

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया