Bisal Chautari Logo

रेखा कतैबाट सिफरिसमा परिनन्, एमाओवादीको धोका

- ३१ भाद्र २०७०, सोमबार ०७:०३ मा प्रकाशित


ब्रेकर :–चलचित्र, संगीत नाट्य क्षेत्रबाट सिफारिस माग केन्द्रबाट भएअनुसार सिफारिसका लागि नाम पठाइएको महासंघले जनाएको छ । जसमा मौसमी मल्ल, राजेन्द्र खड्गी, दिपक श्रेष्ठ, केपी पाठक, गणेश भण्डारी लगाएतका रहेका छन् ।
३१ भाद्र, काठमाडौ । अभिनेत्री रेखा थापा एमाओवादीबाट सभासदको उम्मेरदवार उठ्ने निकै चर्चा चलेपनि पार्टिले उनलाई टिकट दिएन । निकै चुरीफुरी सहित प्रचण्डको हातबाट टिका लगाएकी अभिनेत्री रेखा थापालाई एकिकृत माओवादीबाट धोका पाएकि छिन् । एमाओवादीबाट आगामी निर्वाचनमा सभासद्को उम्मेदरवारका लागि सिफारिसको चर्चामा रहेकी रेखाको अहिलेसम्म कुनै जिल्लाबाट पनि नाम सिफारिस भएको छैन ।
अखिल नेपाल जनसांस्कृतिक महासंघबाट उनलाई समानुपातिकका लागि सिफारिस गर्ने आशा सिनेकर्मीले गरेका थिए । अभिनेत्री थापालाई केन्द्रबाटै प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिन सक्ने सम्भावना रहेकाले साँस्कृतिक राज्य कमिटीले महासंघबाट सिफारिस नगरेको सो कमिटीका संयोजक बलराम तिमल्सिनाले प्रकाश पारे । थापाको नाम पर्सा तथा मोरङमा सिफारिस हुने चर्चा चलिरहेकाले प्रत्यक्ष उम्मेदवारमा सिफारिस हुने आशा आफूहरुले गरेको पनि उनले बताएको खबर सोमबार राजधानी दैनिकमा प्रकाशित छ । तर एमाओवादी सम्बद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघअन्तर्गत राज्य कमिटीले निर्वाचनमा समानुपातिक प्रनितिधित्वका लागि चलचित्र, संगीत र नाट्य क्षेत्रबाट १४ जना कलाकारको नाम पार्टी केन्द्रिय कार्यालयमा पठाएको छ । चलचित्र, संगीत नाट्य क्षेत्रबाट सिफारिस माग केन्द्रबाट भएअनुसार सिफारिसका लागि नाम पठाइएको महासंघले जनाएको छ । जसमा मौसमी मल्ल, राजेन्द्र खड्गी, दिपक श्रेष्ठ, केपी पाठक, गणेश भण्डारी लगाएतका रहेका छन् ।

प्रतिक्रिया