Bisal Chautari Logo

My Choice को सार्वजनिकमा दिपिका सहित धेरै बलिउड सेलिब्रेटि सहभागी

- १६ चैत्र २०७१, सोमबार १५:४७ मा प्रकाशित


Deepika Padukone Launches At Short Film My Choice
एजेन्सी समाचार
मुम्बई, २०७१ चैत १६, सोमबार । बलिउड चर्चित अभिनेत्री दीपिका पादुकोण अहिले एक छोटो चलचित्रका कारण चर्चामा रहेकी छिन् । ‘My Choice’ नामको यो छोटो चलचित्रमा दीपिकाको साथमा बलिउडका थुप्रै हस्ती देखिएका छन् ।

Deepika Padukone Launches At Short Film 'My Choice' (1)यो भिडियो सार्वजनिक कार्यक्रममा अभिनेत्री दीपिका सुटमा देखिएकी थिइन् । साथमा यस कार्यक्रममा अधुना अख्तर, अनाइता अदजिनिया लगायत अन्य सेलिब्रेटिहरुको उपस्थिती रहेको थियो । यो भिडियोलाई होमी अदाजानियाले निर्देशन गरेका हुन् । यो छोटो चलचित्रले भारतको रुढीवादी संकार र महिलाको स्वतन्त्रताको बिषयमा उठ्ने आवाजको विरुद्ध आवाज उठाएको छ । यो चलचित्रमा दीपिकाले नै आवाज दिएकी छिन् । यो भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

Deepika Padukone Launches At Short Film 'My Choice' (2)

Deepika Padukone – “My Choice” Directed By Homi Adajania – Vogue Empower

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया