Bisal Chautari Logo

Rajesh Payal Rai स्टेजमा उत्रदा, १० हजार बिर्तामोड उर्लिए (फोटो फिचर सहित)

- ५ जेष्ठ २०७१, सोमबार १६:३९ मा प्रकाशित


rajesh-payal-rai
काठमाडौं, २०७१, जेठ ५ सोमबार । जब राई इज किङ राजेशपायल राई स्टेजमा उत्रिन्छन्, तब दर्शकहरुपनि उर्लिने गरेका छन् । यस्तै क्रममा गायक राजेशपायल राईले बिर्तामोड झापामा आज सोमबार करिव १० हजार भन्दा बढि दर्शकहरुको माझमा कन्र्सट गरेका छन् ।
बिर्तामोड चोकमा करिब ६ बजे तिर झुल्किएका गायक राजेशपायल राईले आफ्नो पछिल्लो पाश्र्व गायनको हिट गीत ‘नाई नभन्नु ल २’बाट गाउन सुरु गरेका थिए । कन्र्सट हेर्न आएका १० हजार भन्दा बढि दर्शकहरुको गीत सकिने बित्तिकै आउँने हुटिङले गायक राजेशपायलले नेपाली आधुनिक तथा पाश्र्व गायन गीतहरु गरी २० देखी २५ वटाको हाराहारीमा गाए ।
१० औ हजार दर्शकहरुमा गायक राजेशपायलको बढि महिला फ्यानहरुलाई भएकाले उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मी कै परिचालपनि गर्नुपरेको थियो ।  कार्यक्रम प्रसाशनका सुरक्षकर्मिहरुले नसकेपछि स्थानीय प्रहरी समेत भिडलाई सान्त बनाउन आउन परेको थियो । गायक राजेशपालय राईको मितज्यु राजेश हमालले बिबाहको पक्का जस्तै गरेपनि अहिलेसम्म गायक राजेशपालले चाही गर्लफ्रेण्ड नै नबनाएको बताउदै आएका छन् । यहि कारणपनि हुन सक्छ गायक राईको महिल क्रेज दिन प्रतिदिन कार्यक्रमहरुमा बढ्दै गएको देख्न सकिन्छ ।
एक पिडीत अपाङ्ग विकाश केवतको सहयोगार्थ आयोजना गरिएको कन्र्सटलाई  टाइगर भाई, विक्सन राई, मिलन काका, कुमार सिलवाल, निर्देशक उदय सुब्बा, कल्याण लिम्बु, रिको घडि विर्तामोड, मन्त्री भुपेन्द्र लिङदेन, सुबास मेचे लगायतले कार्यक्रमलाई आयोजना गरेका हुन् । आर्थिक सहयोर्थ कन्र्सट भएकाले फ्रि अफ कस्ट रहेको थियो । पिडीतलाई सरकारलेपनि नहेरेपछि कन्र्सट आयोजना गरेको आयोजकले बताएको छ ।



प्रतिक्रिया