Bisal Chautari Logo

अदिती आर्याले चुमिन् मिस इन्डिया २०१५ को ताज

- १६ चैत्र २०७१, सोमबार १२:३४ मा प्रकाशित


ADITI ARYA CROWNED MISS INDIA WORLD 2015
एजेन्सी समाचार
मुम्बई, २०७१ चैत १६, सोमबार । दिल्ली यूनिभसिर्टीकी विद्यार्थी अदिति आर्याले मिस इन्डिया २०१५ को उपाधी चुमेकी छिन् । २१ वर्षे सुन्दरीले अब मिस वल्र्ड २०१५का लागि भारतको प्रतिनिधित्व गर्नेछिन् ।

ADITI ARYA CROWNED MISS INDIA WORLD 2015
मुम्बईस्थित यशराज स्टूडियोमा भएको प्रतियोगितामा फस्ट रनरअप मुम्बईकी आफरिन राचेयल वाज भइन् । त्यसैगरी सेकेन्ड रनरअपको उपाधि लखनऊको आईटी कलेजकी विद्यार्थी वतिर्का सिंह भइन् ।

शनिवार भएको यो प्रतियोगितामा करिना कपुर र शाहिद कपूरले आफ्नो कला प्रदर्शन गरेका थिए । यसका साथै कार्यक्रममा कमेडी नाइट्स विद कपिलका ”पलक” र ”दादी” ले दर्शकलाई हँसाएर मनोरञ्जन गराए ।

ADITI ARYA CROWNED MISS INDIA WORLD 2015 (2)
फेमिना मिस इन्डिया प्रतियोगितामा दिल्ली बस्ने युवतीहरुको दबदबा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अदितीले मिस इन्डियाको ताज पहिरिँदा दिल्लीकै श्रीराम कलेज अफ कमर्सकी छात्रा दीक्षा कौशलले शीर्ष पाँचमा स्थान बनाइन् । दिल्ली यूनिभसिर्टीकी छात्रा रहिन रुसाली राय शीर्ष १० सम्म पर्न सफल भइन् ।ADITI ARYA CROWNED MISS INDIA WORLD 2015 (1)

THIS NEWS YOUR COMMENT HERE

 

प्रतिक्रिया