Chankhe Shankhe Pankhe multicopter scene for 20 seconds shoot
विशाल चौतारी समाचार
तस्बिरहरु : अनुप भट्टराई
काठमाडौ, २०७१ चैत १५, आइतबार । पछिल्लो समय नेपाली चलचित्र उद्योगमा निकै महंगो मेकरका रुपमा चिनिएका निर्देशक सुर्दशन थापाले चंखे शंखे पंखेको जम्मा २० सेकेन्डको एक दृश्य कैदका लागि मल्टीकप्टरको प्रयोग निकै मजाले गरेका छन् । निर्देशक सुर्दशनले पुरै दिनभर लगाएर दृश्य कैद गर्दा सुटिङ माहोल समेत रोचक बनेको थियो ।
पछिल्लो समय नेपालमा केही चलचित्र खिच्न प्रयोग हुादै आएको हेलिक्याम सर्ट जसलाई ईन्जिनियरहरुको भाषामा भन्दा गिम्बलसर्ट भनिन्छ । दुई भन्दा बढी पखेटा प्रयोग गरी बनाइएको मल्टीकप्टर वा हेलिकप्टरबाट लिईने सर्टलाई गिम्बल सर्ट भनिएको हो । हामीले लामो समय कुरेर आज यो सर्ट खिचेका हौ किन कि यस चलचित्रमा कहि पनि कम्प्रमाईज भन्ने शब्द छैन् । आउदो जेठ एक गते रिलिज हुने चंखे शंखे पंखेको उक्त सर्टका बारेमा सुर्दशनले यस्तो प्रतिक्रिया दिएका हुन ।
मंहगो खर्चका साथ शनिबार उनको टिमले ग्रयाण्ड डी हस्पिटल परिसरमा ३० सकेण्डको सुन्दर फुटेज कैद गरेपछि फिल्मको सुटिङ पूर्ण रुपमा प्याकअप भएको जनाएको छ । बर्ष २०७१ मा नेपालमा बनेका फिल्महरुमध्येकै सर्वाधिक बजेटमा बनेको भनिएको चंखे शंखे पंखे यहि साता देखि औपचारिक प्रचार प्रसारमा पनि उत्रिदैछ जसको प्रचार प्रसारका लागि ३० लाख बजेट छुट्याएको निर्माता सन्तोष सेनले जनाएका छन् ।
नेपालमै बनेको मल्टीकप्टर जसलाई दुई ईन्जिनियरले अपरेट गर्दै फिल्मको दृश्य कैद गराउादा सिनेमाटोग्राफर राजेश श्रेष्ठ पनि जोशिएका थिए । उनले अध्ययनका क्रममा एवं बलिउडमा काम गर्दा यसको प्रयोग धेरै पटक गरेपनि नेपालमा पहिलो पटक प्रयोग गरेको बताएका छन् । यो प्रविधिको प्रयोगले एक दिन जोनिजिपको प्रयोग नै विस्थापित हुन्छ, जस्तो लाग्छ मलाई तर मल्टीकप्टर चलाउनका लागि योग्य प्राविधिकहरुको संख्या अलि पुगेको छैन् हाम्रो ईन्डष्टीमा’ श्रेष्ठले बताए ।
झण्डै एक केजीको तौल र करिब २० ईन्चको हाईटमा बनाईने मल्टीकप्टरमा उच्च क्वालिटीमा दृश्य कैद गर्न सक्ने ग्रोप्रो क्यामेरालाई प्राथामिकता दिदै दृश्य कैद गर्ने गरिन्छ । मल्टीकप्टरको प्रयोग गरी सुटिङ गर्दा दुई वटा रिमोटको प्रयोग हुन्छ । एक रिमोर्टलाई मल्टीकप्टर उडाउन प्रयोग गरिन्छ भने अर्कोलाई मल्टीकप्टरमा रहेको क्यामेरा दाया बाया घुमाउन प्रयोग गरिन्छ । क्यामेरा दाया बाया गर्ने निर्देशन चाहि चलचित्रका सिनेमाटोग्राफरले गरेका हुन्छन् । यसरी रिमोर्टको निर्देशनबाट मल्टीकप्टर जति उचाईमा पुगेपनि त्यसको खिचाई कस्तो आउाछ भनेर हेर्नका लागि वायरलेस मनीटरमा सिधै हेर्न सकिन्छ । स्मरण रहोस यहि मनिटरमा हेरेर सिनेमाटोग्राफरले मल्टीकप्टर अपरेटरलाई क्यामेरा र मल्टीकप्टर दायाा बायाा गर्ने निर्देशन दिन्छन् । स्मरण रहोस् नेपाली ईन्जिनियरहरुले ५० हजार देखि ४ लाख सम्मको लागतमा मल्टीकप्पटर निर्माण गरी विक्रि समेत गर्ने गरेका छन् । जसलाई बागबजारमा रहेको सिने जोन स्टुडियोले भाडामा लिएर चंखे शंखे पंखे यूनिटका लागि उपलब्ध गराएको थियो ।
प्रतिक्रिया