Bisal Chautari Logo

खोटाङको हलेसी मन्दिरमा दर्शनार्थीको घुइँचो

- १४ चैत्र २०७१, शनिबार १७:१६ मा प्रकाशित


Halesi Mahadev Temple Devotees will the severely
विशाल चौतारी समाचार
खोटाङ, २०७१ चैत १४, शनिबार । रामनवमीको अवशरमा खोटाङको हलेसी महादेवस्थानमा पुजाआजा गर्ने दर्शनार्थीको घुँईचो लागिरहेको छ । रामनवमीको अघि र पछि गरी हप्ता दिनसम्म लाग्ने मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दाजिर्लीङ, बिहार, नयाँदिल्ली, चीन, तिव्वत, भुटान लगायतका देशबाट दर्शनार्थीहरु हलेसी आएका छन् ।

Halesi Mahadev Temple Devotees will the severely
शनिबार बिहान झिसमिसदेखि महादेबस्थानमा दर्शन गर्ने र पूजापाठ गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको हलेसी महादेबस्थान मन्दीर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । खोटाङ र ओखलढुंगाको सिमामा पर्ने जयरामघाटस्थित दुधकोशीमा बेलिब्रिज तथा उदयपुर र ओखलढुंगाको हर्कपुरस्थित सुनकोशीमा स्थायी पुल बनेपछि काठमाडौ, बिराटनटर, धरान, जनकपुर, पोखरालगायतका दर्शनार्थीहरु गाडी रिजर्भ गरेर हलेसीमा आउने जानेक्रम बाक्लिएको हलेसी बिकास समितिका कार्यकारी निर्देशक तामन राईले जानकारी दिनुभयो ।
हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने र महादेब गुफा, बसासा गुफा, गर्दुङ गुफा, भैरब गुफा, दुंदेलो गुफा, धर्मद्धार, पापद्धार लगायतका प्राकृतिक स्थान अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरु हलेसी आउने गरेका छन् ।
यसैबीच, रामनवमीको अवसरमा जिल्लाको पर्यटकीय स्थल बराहापोखरी र दिक्तेलको मझुवागढीस्थित कालिका देबिस्थान मन्दीरमा समेत दर्शनार्थीको बाक्लो घुइचो लागीरहको छ ।
साभार : हाम्रो खोटाङ डटकम

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया