Bisal Chautari Logo

सजुम कटुवाल बनिन् ‘नेपाल्स कलेज डिभा अफ द इयर २०१५’

- १४ चैत्र २०७१, शनिबार १५:०८ मा प्रकाशित


SAJUM KATUWAL Nepal’s College Diva of the Year 2015
विशाल चौतारी समाचार
काठमाडौ, २०७१ चैत १४, शनिबार । रिवन इन्टरटेनमेन्टद्धारा आयोजित नेपाल्स कलेज डिभा अफ द इयर २०१५ मा सजुम कटुवाल विजेता बनेकी छिन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित नेपाल्स कलेज डिभा अफ द इयर २०१५ को प्रमुख उपाधि जितेवापत चोभारकी कटुवालले बिबीए र एयर होस्टेजको तालिमका लागि छात्रबृत्ती पाएकी छिन्।

SAJUM KATUWAL Nepal's College Diva of the Year 2015
प्रतियोगितामा पूजा चौधरी फस्ट, पायल कौर सेकेण्ड, रन्जिता कार्की थर्ड र शवनम शाक्य फोर्थ रनर्सअप भएका थिए। प्रमूख उपाधि विजेता सजुम मिस फोटोजेनिक, फस्ट रनर्सअप पूजा मस्ट पपुलर, सेकेण्ड रनर्सअप पायल बेष्ट पर्सानीलीटी र बेष्ट आर्टवक तथा थर्ड रनर्सअपर् रन्जिता बेष्ट स्माइल र फोर्थ रनर्सअप शवनम बेष्ट स्कीनसमेत चुनिएका छन्। गीत संगीत र नृत्य प्रस्तुतिका साथ अगाडि बढाइएको कार्यक्रममा नविना श्रेष्ठ मिस ट्यालेन्ट र मिस क्याटवक, अर्चना दंगाल बेष्ट हेयर, समिक्षा सापकोटा मिस फेसन आइकन र फेसबुक च्वाईस, एन्जीला थापा वेष्ट फिजीक, नविना श्रेष्ठ मिस व्युटिफुल, श्रेया शाक्य मिस कन्जिनालिटी, श्वेच्छा खत्री मस्ट डिसिप्लेन, अस्मिाता जिरेल मस्ट फ्रेन्डली भएका थिए। विभिन्न कलेजमा अध्ययनरत १७ किशोरीबिचको स्पर्धामा उर्जा कार्की बेष्ट स्पीच, रीया तिम्सिना व्युटि विथ परपस, अञ्जु ज्ञवाली मस्ट चार्मिङ, निश्चला खड्का वेष्ट फिटनेस छाएिका थिए।
अश्विनी झाको कोरियोग्राफीमा करिब ३ घण्टा जारी प्रतियोगितामा सुरेन्द्रमान प्रधान, अनिता प्रधान, नाजिर हुसेन, सुबोध गुरुङ, सरोज प्याकुरेल, सुमितप्रताप जबरा निर्णायक रहेका थिए। कार्यक्रममा भरत समरी र सुनिलसिंह ठकुरीले गीत संगीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए भने विजय विष्ट र मेघना मगरले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।

प्रतिक्रिया