Bisal Chautari Logo

खोटाङको हलेसीमा लाग्ने मेलालाई लक्षित गर्दै सवारी साधन चेकजााचमा कडाइ

- १३ चैत्र २०७१, शुक्रबार ०६:२७ मा प्रकाशित


KHOTANG Halesi Mahadev Temple carnival tightening
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
खोटाङ, २०७१, चैत १३, शुक्रबार । रामनवमीको अवसर पारेर खोटाङको हलेसीमा लाग्ने मेलालाई लक्षित गर्दै सवारी साधन चेकजााचमा कडाइ गरिएको छ । चालकको लापरवाहीका कारण हुने दुर्घटना न्युनिकरण गर्न प्रहरीले चेकजााचमा कडाइ गरेको हो ।

KHOTANG Halesi Mahadev Temple carnival tightening
पूर्वको पशुपतिनाथ भनेर चिनिने त्रिर्धामिकस्थल हलेसीमा यहि चैत्र–१४ गते लाग्ने मेलामा दर्शन गर्न आउने भक्तजनहरुको चाप उच्च हुने भएकाले सवारी साधनलाई क्षमता भन्दा बढी मान्छे लगाएर चलाउन नदिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले जानकारी दिनुभयो । सवारी साधन लापरवाही तवरले चलाउादा बिगतका समयमा खोटाङले विभिन्न किसिमका क्षति व्यहोर्नु परेकाले हलेसी आउने मुख्य नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको खरेलले बताउनुभयो ।
काठमाण्डौं, लगायत पूर्वका अन्य ठााउबाट हलेसी आउदा प्रवेशद्धारको मुख्य नाका जयरामघाट, सोलुखुम्बु, ओखलढुङगाबाट आउादा पर्ने नाका हिलेपानी र उदयपुरको सदरमुकाम घाईघाटबाट आउादा भडारेघाट दिक्तेलबाट जाादा नुनथला लगायतका मुख्य नाका तथा मानिसको भिडभाड हुने ठााउमा सुरक्षा फौज परिचालन गरिएको खरेलले जानकारी दिनुभयो । उहााले भन्नुभयो ँउज्यालो नभई सवारी साधन चलाउन दिइने छैंन, र सााझ परेपछि पनि चलाउन दिइने छैन् ।”
राति सवारी साधन चलाउन दिादा चालकले मदिरा सेवन गर्ने, अनिधोका कारण पनि जथााभावी सवारी साधन चलाउने भएकाले त्यस्तो खतरा हुन नदिन यस पटकबाट भने यस्तो नियम लागू गरिएको खरेलको भनाइ छ । जुन–जुन ठााउबाट सवारीसाधन हलेसी आउदैछन् ति ठााउहरुमा पनि चेक गरेर मात्र पठाउनका लागि विभिन्न जिल्ला तथा विभिन्न नाकामा पनि प्रहरी परिचालन गर्न सवै ठाउाहरुमा सम्पर्क गरिएको खरेलले जानकारी दिनुभयो ।
यसका लागि विभिन्न नाकामा सवारी साधनमा कडाइ गर्न ट्राफिक प्रहरी खटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज तेजबहादुर बस्नेतले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरेको नगरेको जााच गर्न र क्षमता भन्दा बढी मान्छे हाल्न नदिन आजैबाट ट्राफिक प्रहरी विभिन्न नाकामा परिचालन गरेको बस्नेतको भनाइ छ ।
रामनवमी पर्वको अवसरमा हलेसीमा लाग्ने मेलामा देशभित्र तथा देशबाहिरका दर्शनार्थीहरुको बाक्लो लाग्ने गर्दछ । हलेसीको दर्शन गर्नाले रोगव्याधी निको हुने तथा सोचेको मनोकाङक्षा पूरा हुने भएकोले दर्शानार्थीको चाप उच्च हुने गरेको छ ।
साभार : हाम्रो खोटाङ डटकम

प्रतिक्रिया