Bisal Chautari Logo

जिवनको क्रेज र सुस्माको आईटम गितले विन्दास २ चर्चामा

- १ आश्विन २०७०, मंगलवार १६:२६ मा प्रकाशित


१ असोज, काठमाडौ । चलचित्रकी अभिनेत्रीलाई पोष्टरमा नांगो बनाएपछि एकाएक विवादमा आएको चलचित्र ‘विन्दास २’ को प्रोमो सार्वजनिक भएको छ । कात्तिक १५ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई राजु गिरीले निर्माण गरेका हुन् । 

मधुकुमार श्रेष्ठको लगानीमा तयार भएको यो चलचित्रमा जीवन लुइटेल, सुष्मा कार्की, सुशांक कार्की, अनिशा गुरुङ, निर्माता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत छ । चलचित्रको प्रोमोमा सुष्मा कार्कीको आइटम गीत र लागूपदार्थ दुव्र्यसनिको दृश्यलाई महत्व दिइएको छ ।

प्रतिक्रिया