Bisal Chautari Logo

सरिता लामिछाने र सरोज खनाल पुन: कमव्याक

- १ आश्विन २०७०, मंगलवार १७:३६ मा प्रकाशित


१ असोज, काठमाडौ । सानो पर्दाकी चचिर्त अभिनेत्री सरिता लामिछानेले ठुलो पर्दा चलचित्रमा पुनारागमन गर्दैछिन् । विकास आचार्यको सिक्वेल चलचित्र ‘फेरी नाइ नभन्नु ल’ मार्फत अभिनयमा फर्कन लागेकी हुन् । 

एक कार्यक्रममा भेटिएकी एक छोरीकी आमाले आफ्नो कम ब्याक बारे सुनाइन्– ‘पुरै चलचित्र र मेरो भुमिका राम्रो लाग्यो ।’ उनले थपिन्– ‘चलचित्रमा मेरो रोल सानो भएपनि महत्वपूर्ण छ ।’ सोलो क्यारेक्टर भएको फिल्म लिएर चाहि कहिले आउने नि ? उनले घुमाउरो जवाफ दिइन्– ‘चाँडै नै म सोलो क्यारेक्टर लिएर आउँदैछु । चाहे त्यो पर्दा पछाडी नै किन नहोस् ?’ सुन्दरी सरिता बढी खुल्न चाहिनन् । स्रोतलाई प्राप्त जानकारी अनुसार सरिता फिल्म निर्देशनको तयारी गर्दैछिन् । फिल्ममा सरिताको अपोजिटमा अभिनेता सरोज खनाल देखिनेछन् । हाल अमेरिकामा रहेका सरोज पनि मानव फिल्म पछि अभिनयमा फर्कदैछन् । सरोजले फिल्म ‘रिदम’ हेरेपश्चात विकास आचार्यसँग काम गर्न मन लागेको प्रतिक्रिया दिएका थिए । सरोजले फिल्मको स्क्रिप्ट पढिसकेर आफ्नो भुमिका सहित फिल्मको पूरै स्क्रिप्टले आफ्नो मन छोएका बताएका छन् । उनी छिट्टै नै फिल्ममा अभिनय गर्न नेपाल आउने छन् । फिल्मिखबर साभार

प्रतिक्रिया