Bisal Chautari Logo

‘Bhool Bhulaiyaa’ प्रिमियरमा जे देखियो || गीतसंगीतको बढी चर्चा

- १० चैत्र २०७१, मंगलवार १०:३८ मा प्रकाशित


Bhool Bhulaiyaa Nepali Movie Premier
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, चैत १०, मंगलबार ।  नेपाली चलचित्रको प्रिमियर खासै भब्य नभएपनि परम्परा भने बस्न थालेको छ । यस्तै क्रममा चलचित्र ‘भुल भूलैया’को सोमबार बेलुकी प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रका मुख्य अभिनेत्री नीता ढुंगाना र अभिनेता सोहित मानन्धर उपस्थित भएका थिए । तर दुबै कलाकार प्रिमियर शोमा आमन्त्रितहरु भन्दा ढिला पुगेका थिए ।

Bhool Bhulaiyaa Nepali Movie Premier
अभिनेता सोहित बिग सिनेमा हलमा पुगेको केही समयपछि अभिनेत्री निता आफ्नो ब्वाईफ्रेण्डका साथमा उपस्थित भएकी थिइन् । चलचित्र प्रिमियरमा केही चलचित्र पत्रकार र चलचित्रकर्मी सिनेमा हेर्न पुगेका थिए । अभिनेता जिवन लुइटेल भने अमेरिका भएकाले प्रिमियर शोमा देखिएनन् । sohit manandhar and Neeta Dhungana Bhool Bhulaiyaa Nepali Movie Premier
प्रिमियर शोमा अभिनेत्री निता ढुंगाना ब्वाईफ्रेण्ड अमेश भण्डारीसंग उपस्थित मात्र भएनन्, गर्लफ्रेण्ड निताको रातो गालमा किस समेत गरिदिए । अभिनेत्री निता गाउन रेड ड्रेसमा उपस्थित भएकी थिइन्, भने अभिनेता सोहित कालो कोट र सेतो सटमा उपस्थित थिए ।
योगेश घिमिरेले निर्देशन गरेको चलचित्रमा दुई उमेरको प्रेमलाई देखाउन खोजिएको छ । सिनेमा भन्दा चलचित्रको गीतसंगीतलाई स्तरिय मानिएको थियो । त्यसैले अहिलेका चर्चित संगीतकार बसन्त सापकोटा सबै दर्शकहरुको बधाइ थाप्नमा ब्यास्त थिए । प्रिमियर शोमा सिनेमा युनिटसंगै निर्माता छबिराज ओझ, निर्देशक ऋषि लामिछाने, गायक प्रलाद तिमल्सिना, गितकार राजेन्द्र थापा, अभिनेता गजित बिष्ट लगायत उपस्थित रहेका थिए ।

Dinesh Kumar Pokharel Presents

Aakhaima Anuhaar Jhyappai
FILM: Bhool Bhulaiyaa
SONG: Rajendra Thapa
SINGER: Prahlad Timilsina,Milan Amatya
MUSIC: Basanta Sapkota
CHOREOGRAPHY: Kabiraj Gahatraj
CAMERA:Babu Shrestha
EDITOR: Banish Shah
STORY WRITER:Shivam Adhikari
ADVISER: Bikash Aacharya
PRODUCER: Sushil Karki/Suresh Gautum/Mani Raj Karki
DIRECTION: Yogesh GhimireNeeta Dhungana and aamesh bhandari Bhool Bhulaiyaa Nepali Movie Premier

THIS NEWS YOUR COMMENT HERE

 

प्रतिक्रिया