Bisal Chautari Logo

नव गायिका मिना भन्छिन् ‘राजेश पायलले गाउदादेखी भिडियोमा समेत हौसला र साथ दिनुभयो’

- १० चैत्र २०७१, मंगलवार ०७:५२ मा प्रकाशित


Meena Shri Puma says rajesh payal rai encouraged gave
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, चैत १०, मंगलबार । पछिल्लो समय नेपाली साङ्गीतक क्षेत्रमा नव स्रष्ठानहरुको चाहना चर्चित गायक राजेश पायल राईसंगको सहकार्यमा एल्बम ल्याउने अनी गीत गाउने । तर सबैको चाहना कहा पुग्छ र π त्यो चाहना पुग्ने नव सृष्ठाहरु आफुलाई भाग्यमानि ठान्छन् ।

Meena Shri Puma says rajesh payal rai encouraged gave
त्यस्तै आफुलाई भाग्यमानि ठान्ने नव गायिका मिना श्री पुमाको चर्चित गायक राजेश पायल राईसंगै गीत गाउने चाहना पुरा भएको छ । Meena Shri Puma says rajesh payal rai encouraged gave (3)गायिका पुमाले एउटा गीत संगै गाउनेदेखी लिएर सो गीतको म्युजिक भिडियोमा समेत गायक राजेश पायलको साथ पाएका छन् । गायिका मिनाले डा. किरातसंग संगीतको औपचारीक अध्ययन लिइरहेकी छिन् ।
‘स्कुले जिवन’ नामक एल्बममा समावेश रहने एल्बमको शिर्ष गीत ‘स्कुले जिवन’ बोलको गीतको केही दिन अगाडी म्युजिक भिडियो सुटिङ सम्पन्न भएको छ । डिआर अटुको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियोलाई कमल एचकेले डाइरेक्शन गरेका छन् । गीतको सुटिङ चपली हाइट, सिस्नेरी लगायत स्थानमा सम्मन गरिएको छ । यस गीतमा शान्ता पुमा र ज्ञानेन्द्र थेवेले मोड्लिङ गरेका छन् । यो एल्बम नया वर्ष लागेपछि ल्याउने गायिका पुमाले बताइन् ।
गीत सुटिङको बारेमा बताउदै गायिका मिना श्रीले स्कुले जिवन गीतमा गायक राजेश पायल दाईसंगै देखिन पाउदा आफुलाई एकदमै भाग्यमानि ठानेको बताइन् । भनिन्, ‘दाईले मलाई गीत गाउदादेखी लिएर गीतको म्युजिक भिडियो गर्दासम्म धेरै हौसला दिनुभयो ।’

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया