Bisal Chautari Logo

रामकृष्णलाई ढाकामा दोस्रो साउथ एसिया म्युजिक अवार्ड

- १० चैत्र २०७१, मंगलवार ०६:३२ मा प्रकाशित


Ram Krishna Dhakal South Asian Music Award 2015
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, चैत १०, मंगलबार । नेपालका चर्चित गायक रामकृष्ण ढकालले बंगलादेशको ढाकामा आयोजित दोस्रो दक्षिण एसियाली संगीत महोत्सवमा म्युजिक अवार्ड पाएका छन् । रामकृष्णलाई अवार्डसंगै एक हजार डलरपनि प्रदान गरिएको थियो । अवार्डका बारेमा जानकारी दिन राजधानीमा हिजो सोमबार आयोजित पत्रकार सम्मेलनमा रामकृष्णले सो अवार्ड पाएको प्रति खुसी व्यक्त गरे ।

Ram Krishna Dhakal South Asian Music Award 2015
दक्षिण एसियाली मुलुकबीचमा संगीतका माध्यमबाट भाइचारा कायम गर्ने उद्देश्यले सन् २०१३ मा स्थापाना भएको साउथ एसियन म्युजिक अवार्डको दोस्रो संस्करणमा गायक रामकृष्ण ढकालले पाएका हुन् । उनले अवार्ड चैत ६ मा पाएका हुन् ।
पत्रकार सम्मेलनमा अवार्ड पाएको खुसि बाढ्दै भने–‘उहाँहरुले यसपालि अवार्डका लागि मलाई योग्य ठान्नुभयो । यो मेरो मात्र अवार्ड नभएर नेपाली साङगीतिक क्षेत्रकै लागी गौरवको विषय समेत रहेको छ । मलाई लाग्छ यो अवार्ड पाउनमा, सायद लता मंगेशकरसँग गीत गाएको पोर्टफोलियोले पनि बल पुर्‍याएको हुन सक्छ,’ रामकृष्णले बताए । गायक ढकालले केही वर्ष अगाडी भारतीय चर्चित गायिका लतासँग युगल गीत ‘बाँचुन्जेलीलाई’ गाएका थिए ।

Ram Krishna Dhakal South Asian Music Award 2015 (2)
गायक रामकृष्ण ढकालले बताए अनुसार उनलाई बंगलादेशी प्रधानमन्त्रीका सल्लाहकार गोहेर रिज्वी, सांसद फजिल अटुन्सी बप्पी तथा ढाकास्थित नेपाली राजदूत हरिकुमार श्रेष्ठले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा आफूले ‘बिहान उठ्ने बित्तिकै, मन पराउने हजार भेटिन्छन्, बाँचुञ्जेलललाई र ओराली लागेको’ बोलको गीत प्रस्तुत गरेको जानकारी दिए ।
अवार्ड समारोहमा दक्षिण एसियाली मुलुकका ख्यातिप्राप्त संगीतकर्मीको उपस्थिति रहेको थियो । रामकृष्णले महोत्सव आयोजक साउथ एसियन म्युजिक इन्स्टच्युटले तेस्रो संस्करण नेपालमा गर्न चाहेको पनि उल्लेख गरे ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया