4-year-old girl raped in KHOTANG
विशाल चौतारी समाचार
खोटाङ, २०७१, चैत ७, शनिबार । पछिल्लो समय नेपालका विभिन्न जिल्लामा बलात्कारको केस चलिरहेको बेलामा खोटाङमापनि एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । ४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङ जिल्ला याम्खा–९ का १४ वर्षीय दिनेश बिश्वकर्मा पक्राउ परेको हुन् ।
बाबुआमा गाईबस्तु चराउन जंगल गएको बेलामा घरमा एक्ली बसिरहेकी बालिकालाई जबरजस्ती गरेको उजुरीका आधारमा बिश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक बिनोदराज खरेलले बताए । महिला प्रहरीले गरेको सोधपुछका क्रममा बालिकाले काखमा राखेर आफूलाई ‘यौन दुव्र्यबहार’ गरेको बयान दिएकी डिएसपी खरेलले बताए । बिश्वकर्मामाथि बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती गरेको आरोप रहेको समाचार हाम्रो खोटाङ डटकमले प्रकाशित गरेको छ ।
प्रहरीचौकी याम्खाले शनिबार बिहान नियन्त्रणमा लिएको आरोपितलाई जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइँदै छ । प्रहरीका अनुशार बालिकाको स्वास्थ्य अवस्था सामान्य छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अस्पतालबाट बालिकाको मेडिकल रिपोर्ट आउँछ, ‘डिएसपी खरेलले भने, त्यो ‘रिपोर्टले नै यथार्थ कुराको पुष्टि गर्छ ।’
प्रतिक्रिया