Bisal Chautari Logo

जेम्स बोन्डको अभिनेत्री मिचेल येओह नेपाल आउने

- ७ चैत्र २०७१, शनिबार १२:२२ मा प्रकाशित


Michelle Yeoh come to nepal movie jems bond Tomorrow Never Dies
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, चैत ७, शनिबार ।  जेम्स बोन्डको चलचित्र ‘टुमरो नेभर डाइज’ तथा चाइनिज चलचित्रकी अभिनेत्री मिचेल येओह नेपाल आउने भएकी छन् । आउदो अप्रिलमा काठमाडौंमा हुन लागेको एफआईए स्पोर्टस् क्षेत्रिय कंग्रेसको अवसरमा उनी नेपाल आउन लागेकी हुन् । २३ देखि २५ अप्रिलसम्म सो सम्मेलन हुने छ ।

Michelle Yeoh come to nepal movie jems bond Tomorrow Never Dies
उनी विश्वव्यापी सडक सुरक्षा राजदूत समेत हुन् । सन् १९९७ मा उनलाई विश्वका ५० सुन्दर मान्छेहरुमा छनोट गरेको थियो । मलेसियमा जन्मेकी मिचेल चिनियाँ परिवारकी हुन् । २० बर्षको उमेरमा १९८३ मा मिस मलेसियन सुन्दरीको ताज पहिरिएकी थिइन् । १९८३ मा भएको मिस वल्र्डमा उनले मलेसियाबाट प्रतिनिधित्व गरेकी थिइन् । त्यसपछि उनी ज्याकि च्याङका साथमा व्यवसायिक टेलिभिजन विज्ञापनमा देखापरेकी थिइन् ।
उनले आफ्नो फिल्मी करियर मार्सलआर्ट चलचिलबाट शुरु गरेकी थिइन् । १९८५ मा उनले ‘एस म्याडम’ नामक चलचित्रमा अभिनय गरेकी थिइन । जुन फिल्ममा उनी आफैले स्टन्ट गरेकी थिइन् । उनलाई महिला जेम्स बोन्ड समेत भनिन्थ्यो । सन् २०१३ मा भएको भारतको अन्र्तराष्ट्िरय फिल्म फेस्टिबलको प्रमुख अतिथिका रुपमा सहभागी भएकी थिईन् । ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी मिचेलले केही अन्तराष्ट्िरय अवार्ड समेत पाएकी छिन् ।

प्रतिक्रिया