Bisal Chautari Logo

राजेशपायल र हेमा एक्सन कट खादै सौराहाको टन्टलापुर घाममा

- ३ आश्विन २०७०, बिहीबार ०५:२३ मा प्रकाशित


३ आश्विन, सौराहा । चर्चित लोकप्रिय गायक राजेशपायल राईको १७ औं एल्बम ‘दर्शन नमस्ते २’मा रहेको गीत ‘छैन तिमि बाहेक…’को म्युजिक भिडियो छायांकनका लागि सौराहा प्रबेशद्धारको आसपासमा गराएका छन् । किन सौराहा नै गायक राई गएत ? सेताम्मै सिरु फुलेको छ, एकनासले फुलेको सिरुले सबैको मन लोभ्याउँछ । त्यसैले होला गायक राजेश पायल राईले सो लोकेशन छनौट गरेका । नायिका तथा मोडल हेमा श्रेष्ठको साथमा निकै, हर्सित मुद्रामा गायक पाययले सो गितका लागि एक्सन कटमा सहभागि भए ।

भिडियोमा मरुभूमीको दृश्य कैद गर्नु पर्ने भएकाले राजेशले सौराहालाई छानेका हुन् । भिडियोको छायांकन राप्ती किनार र आसपासका रमणिय स्थानहरुमा गरिएको हो । दुईदिन लगाएर भिडियोको सुटिङ पुरा भएको छ । सौराहाको उदेकलाग्दो घाममा गायक पायल र हेमा तथा भिडियोका निर्देशक मिलन चाम्सलाई पनि गर्मीले राम्रैसँग सतायो । तर उनीहरु फरक ठाउँमा आएर भिडियोको निर्देशन गर्न पाउँदा दंग थिए । भिडियो असोज १७ गते सार्वजनिक हुने छ । गायक राई आफैं मोडलको रुपमा प्रस्तुत भएका छन् । राईसँग भिडियोमा अभिनय गर्दा सजिलो भएको हेमाले बताईन् । साढे ३ लाखको रेड क्यामेराले पहिलो पटक आफ्नो गीतको भिडियो छायांकन गरिएको गायक राईले दाबी गरे । क्यामेराको दुईदिनको भाडा मात्र ३४ हजार हो । क्यामेरामा दृश्य कैद गर्ने काम भने रोशन श्रेष्ठले गरेका हुन् ।

प्रतिक्रिया