Bisal Chautari Logo

सामाजिक तथा सांस्कृतिक समेटिएको अनुमाको ‘अन्माई दियौं’ गीत सार्वजनिक (भिडियो सहित)

- ७ चैत्र २०७१, शनिबार ०८:०४ मा प्रकाशित


Anuma Koirala song Anmai diyau
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, चैत ७, शनिबार । पछिल्लो समय नेपाली संगीत क्षेत्रमा विभिन्न किसिमका गीतहरु सार्वजनिक भइरहेका छन् । तर गायिका अनुमा कोइरालाले सामाजिक तथा सांस्कृतिक मान्यता समेटिएको ‘अन्माई दियौं’ बोलको नयाँ गीत बजारमा ल्याएकी छन् । गीतको अडियो र म्युजिक भिडियो सँगै सार्वजनिक भएको छ ।

Anuma Koirala song Anmai diyau
गीतको म्युजिक भिडियोको निर्देशन पनि अनुमाले नै गरेको गीतलाई सञ्जु श्रेष्ठले शब्द तथा संगीत दिएकी छिन् । अनुमाले आफ्नो नयाँ गीतका बारेमा राम्रो प्रतिक्रिया आइरहेको बताइन् । यो गीत अहिलेका पुस्ताका लागि फरक धारको रहेको पनि उनले बताइन् ।
गायिका अनुमाले २०६५ सालमा आफ्नो पहिलो एल्बम बजारमा ल्याएकी थिइन् । उनको पहिलो म्युजिक भिडियो ‘हृदय नै मेरो छुने’ बोलको थियो । त्यस्तै उनको दोस्रो म्युजिक भिडियो ‘जहिलेदेखि तिमीलाई देखें मैले’ २०६६ सालमा सार्वजनिक भएको थियो ।

Anuma Koirala song Anmai diyau

Lyrics/composer Sanju Shrestha
Actors Samrat Sapkota, Prem Barsha, Pratikshya Chand , Jeevan Koirala, Namita Koirala, Urusha Pandey, Nirvicg Adhikari, Shaurya Dahal, Ramchandra Koirala, Hem Chandra Koirala, Rajan Adhikari, Kabita Koirala

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया