Bisal Chautari Logo

सिनेमा क्षेत्रमा यौन शोषण आफैले चुकुल बलियो नबनाएर भएको हो– निलम नगरकोटी

- ६ चैत्र २०७१, शुक्रबार १७:२० मा प्रकाशित


Neelam Nagarkoti model

निलम नगरकोटी – (मोडल)

Neelam Nagarkoti model
संख्यात्मक रुपमा थोरै म्यूजिक भिडियो गरेपनि चर्चामा भने बिस्तारै आइरहेकी सफल मोडल हुन्, निलम नगरकोटी । ‘ओ प्रिया’ र ‘मायाले साह्रै रुवाउदो रछ’ बोलको गीतमा मात्रै अभिनय छ उनको । संख्या भन्दा पनि गुणस्तरलाई ध्यान दिने नगकोटीलाई अभिनयको अफर नआएका होइन । चित्त बुझ्दो भुमिका नभएपछि सवै आफर ‘रिजेक्ट’ गरिन् ।
चलचित्र क्षेत्रमा हुने यौन शोषणका बारेमा बोल्दै भनिन्, ‘सबै आफुमा डिपेन्ड हुने कुरा । ढोका आफैले लुज गरेपछि छिर्न त जोपनि खोज्छन् । त्यसैले ढोका चुकुल दरिलो पर्नु प¥यो । कसैले हल्लाउन सक्दैन ।’ उनै मोडलसँग गरिएको तातो कुरा यहाँ प्रस्तुत छ :–Neelam Nagarkoti model-1
कति म्यूजिक भिडियो गरियो ?
दुई वटा गरियो । अफर नै नआएर होकी ? होइन । अफर त धेरै आए । चित्त बुझेन । गरिएन ।
कस्तो भुमिका राम्रो लाग्छ ?
कथा वस्तु दमदार हुनु पर्यो । म्यूजिक त्यसैपनि त्यसैपनि सृजनात्मक विधा हो । सृजनात्मक हुनु पर्यो । प्रस्तुती दमदार हुनु पर्यो ।
शरिर एक्सपोज गरे हुन्छ भन्छन् त ?
त्यस्तो होइन । क्षमता नै ठुलो हो । क्षणिक चर्चाका लागि ठिकै होला । तर त्यसको आयु हुन्न । चैत खहरे झै सुकेर जान्छ ।
मोडलिङ के हो ?
यो सृजना हो । मनभित्रका कल्पना सचित्र प्रस्तुत हुन्छ । त्यसैले मोडलिङ कला हो । म्यूजिक भिडियोमा सृजना हुनु पर्छ ।
कस्तो छ भविश्य ?
धेरै राम्रो छ । गित अचेल सुनिँदैन । हेरिन्छ । जसको प्रस्तुती सृजनात्मक छ । त्यो हेरिन्छ । हिट पनि त्यही भएका छन् । जसको छैन । ती पानीको फोका झै बिलाउँछन् ।
शोषणका निकै घटना सुनिन्छ नी यस क्षेत्रमा ?
सबै आफुमा डिपेन्ड हुने कुरा । ढोका आफैले लुज गरेपछि छिर्न त जोपनि खोज्छन् । त्यसैले ढोका चुकुल दरिलो पर्नु प¥यो । कसैले हल्लाउन सक्दैन ।
यौन के हो ?
नेचुरल हो । समुन्द्र जस्तै भेग बिषय हो यो । पौडिन सक्यो । फाइदा हुन्छ । सकेन भने डुब्छ । एकै निमेशमा समाप्त हुन्छ ।
अन्तमा ?
मोडलिङ रहर रोजिनु हुन्न । डेडिकेट हुनुपर्छ । मेहनेत गरे फल मिलि नै हाल्छ ।

प्रतिक्रिया