Bisal Chautari Logo

होस्टेल रिटर्नसका दुई हिरोइन मुसुक्क हास्दा चार जना हिरो भुतुक्कै (भिडियो सहित)

- ६ चैत्र २०७१, शुक्रबार ११:४४ मा प्रकाशित


Hostel Returns Song Musukka Hasne Timro Baniley
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, चैत ६, शुक्रबार । यही वैशाख २५ गतेबाट अल नेपाल रिलिज हुन लागेको चलचित्र ‘होस्टेल रिटर्नस्’को ‘मुसुक्क हास्ने तिम्रो बानिले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

Hostel Returns Song Musukka Hasne Timro Baniley
द स्याडोज नेपालका स्वप्नील शर्माको संगीत र शब्दमा तयार भएको गीतमा स्वप्नील र श्रेया सोताङको स्वर रहेको छ । गीतमा चलचित्रका निर्माता तथा अभिनेता सुनिल रावलका साथमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेन सुशिल सिटौला, अभय बराल लगायत कलाकारहरुले फिचरिङ गरेका छन् । सार्वजनिक गीतको कोरियोग्राफर गोविन्द राईले गरेका हुन् ।
‘सायद’ र ‘होस्टेल’ जस्ता सुपरहिट फिल्मको निर्माण गरेको व्यानर दुगिर्श फिल्मसले निर्माण गरेको चलचित्रका निर्देशक निर्देशक सुरज भुषाल हुन् । निर्देशक भुषालका अनुसार फिल्मले इन्जिनियरिङ विषयका विद्यार्थीको होस्टेल जीवनलाई प्रस्तुत गरेको छ ।
फिल्ममा सुशिल श्रेष्ठ, सुशिल सिटौला, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, सुदाम सिके, शिव श्रेष्ठ, अभय बराल, रोयदीप श्रेष्ठ, प्रदीप चौधरी, नाजिर हुसेन, दीया मास्के, इभान जोशी र निर्मल शर्माको अभिनय रहेको छ । फिल्ममा अष्ट महर्जनको द्वन्द्व, गोविन्द राई र सुरज भुषालको कोरियोग्राफी र हरि हुमागाईको छायांकन छ ।

Musukka Hasne Timro Baniley || Hostel Returns || Full Song

Director :Suraj Bhushal
Producer : Sunil Rawal
Singer: Swapnil Sharma, Shreya Sotang
Music & Lyrics : Swapnil Sharma
Actors: Sushil Shrestha, Sashi Shrestha,Swastima Khadka, Abhaya Baral, Naajir Husain etc…..
Choreographer: Govinda Rai
Action : Asta Maharjan
Cinematographer: Hari Humagain
Colorist: Sudip Shrestha
Editor: Surendra Poudel
Releasing On : Baishak 25 May 8

प्रतिक्रिया