Bisal Chautari Logo

सुर्दशन, सुवास, पूजा र प्रेमको ‘चंखे शंखे पंखे’ जेठ १ मा रिलिज

- ६ चैत्र २०७१, शुक्रबार १०:५५ मा प्रकाशित


Chankhe Shankhe Pankhe movie release
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, चैत ६, शुक्रबार । ठूलो बजेटमा निर्माण गरिएको नेपाली फिल्म चंखे शंखे पंखेको रिलिज मिति फाईनल भएको छ । सुर्दशन थापा, सुवास थापा, र नव अभिनेता प्रेम पुरी सहित पूजा शर्मालाई टिभि रिपोर्टरको मुख्य भूमिकामा देख्न पाइने चलचित्र आउादो जेठ १ गते रिलिज तय भएको छ ।

Chankhe Shankhe Pankhe movie release
निर्माण पछले दिएको जानकारी अनुसार आउादो जेठ १ को मितिमा यो फिल्म रिलिज हुनेछ । जुन दिन बलिउडको ठूलो फिल्म बम्बे भेलबेट पनि रिलिज हुादैछ । बम्बे भेलबेट रणवीर कपुरको प्रतिछित फिल्म भनिएकाले यसको नेपाल प्रभाव ठूलै तरिकाले नरहला भन्न सकिने अवस्था चाहि छैन् । तर चंखे शंखे पंखे टिमले पूर्वानुमान गरिए अनुसार तीन खानको जस्तो बलिउड प्रभाव रणवीरको फिल्मबाट नपर्ने भन्दै यहि मिति उपयुक्त हुने जनाएको छ ।
पहिलो प्रिमियर सो अप्रिल १७ तारिखका दिन बहराईनमा गर्ने तयारी सहित रिलिज मिति सार्वजनिक गरेको चंखे यूनिटले सोसल सेक्टरमा समेत हात हाल्ने भन्दै स्याङजा बजारमा एक च्यारिटी सो गर्ने पनि जनाएको छ ।
कमेडीको पाटो सहित राष्टियताको बिषयलाई गम्भिर रुपले हामीले उठाएका छौं त्यसैले च्यारिटी सो कालागि पनि हामी तयार भएका हौं । प्रोड्यूसर सन्तोष सेनको भनाई छ ।
कुशल निर्देशकका रुपमा चिनिने निर्देशक सुर्दशन थापा निर्देशित यस फिल्ममा सुर्दशन सहित सुवास थापा, प्रेम पुरी, नन्दिता केसी, प्रमोद अग्रहरी सहित हिरोइन पूजा शर्मालाई टिभि रिपोर्टरको मुख्य भूमिकामा देख्न पाईनेछ ।

The cinema features Sudarshan Thapa, Subash Thapa, Pramod Agrahari, Prem Puri, Nandita Kc and Pooja Sharma in the lead roles.

प्रतिक्रिया