Bisal Chautari Logo

युवतीमाथि एसिड फाल्ने पक्रउ || पत्रकार सम्मेलनमा बेहोसको नाटक (फोटो फिचर)

- ६ चैत्र २०७१, शुक्रबार ०८:२५ मा प्रकाशित


The girl was arrested Above acid attack
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, चैत ६, शुक्रबार । वसन्तपुर एसिड आक्रमण प्रकरणका मुख्य अभियुक्त प्रहरीले सार्वजनिक गर्दै गर्दा बेहोस भए । प्रहरीले २० वर्षे जीवन विकलाई आक्रमण अभियोगमा पक्राउ गरी सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बयान दिँदै गर्दा उनले बेहोस भएको नाटक गरेका हुन् ।

The girl was arrested Above acid attack (1)
बिबिएस अध्ययनरत उनलाई उत्तरी काठमाडौंको टोखा–६ विनायकमार्गस्थित आफ्नै कोठबाट प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट शुक्रबार सार्वजनिक गरेको हो । बयान दिँदै गर्दा उनी अस्वभाविक तरिकाले बेहोस भएका थिए। विकले ‘संगीता पुलामी मगर’को सुन्दरा बिगार्न आक्रमण गरेको’ स्वीकारेका छन् ।
मगर परिवारले बिकमाथि शंका गर्दै आएको थियो । एसिड आक्रमणको घटनासम्बन्धी छापिएका पत्रिकाहरु संकलन गरेर बिकले कोठमा राखेको फेला परेको छ । घटना आफूले गराएको बिकले स्विकार गरेको प्रहरीले जनाएको छ ।
फागुन १० गते एक टयुसन सेन्टरमा पढिरहेको बेला संगीता र उनीहसँगै रहेकी सीमा बस्नेतमाथि एसिड फालिएको थियो । गम्भीर घाइते दुई जनै छात्रा उपचारकै क्रममा अस्पतालमा भर्ना छिन् । दुवैजना बिहीबार सुरु भएको एसएलसी परीक्षा अस्पतालबाटै दिइरहेका छन् ।
The girl was arrested Above acid attack

The girl was arrested Above acid attack (3)

The girl was arrested Above acid attack (2)

(तस्बिर तथा समाचार नागरिक डटकमबाट)

YOUR COMMENT HERE

प्रतिक्रिया