Bisal Chautari Logo

यूवा बर्गलाई लक्षित गदै ‘होस्टेल रिटन्र्स’ को ६ अडियो गीत सार्वजनिक

- २ चैत्र २०७१, सोमबार १५:४६ मा प्रकाशित


HOSTEL RETURNS AUDIO song
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, चैत २, सोमबार । नेपाली सिनेमा क्षेत्रमा सफल निर्माताको रुपमा ट्याग पाइसकेका अभिनेता समेत रहेका सुनिल रावलले निर्माण गरेको तेस्रो चलचित्र ‘होस्टेल रिटन्र्स’ चलचित्रमा समाबेश ६ अडियो गीत सार्वजनिक भएको छ ।

HOSTEL RETURNS AUDIO song
निर्माता रावलको चलचित्र चलाउने प्रचार–प्रसार शैली फरक किसिमको हुने गरेको छ । केही समय अगाडी निर्माता सुनिल रावलले मञ्चमा चलचित्रका कलाकारलाई प्रत्यक्ष उपस्थित गराएर अभिनय गराउँदै चलचित्रको लाइफ प्रोमो सार्वजनिक गरेका थिए ।
चलचित्रमा समाबेश ६ वटा गीतको अडियो सार्वजनिक गरेको होस्टेल रिटन्र्सले चाडैं नै अडिया गीतको भिडियो सार्वजनिक गर्ने निर्माता सुनिल रावलले जानकारी दिए । यूवा बर्गलाई लक्षित गदैं सार्वजनिक गरिएको ‘ड्रिङ्क ड्रयाक ड्रङ्न्क’, बावु त बन्नु, मुसुक्क हाँस्ने, आधि आधी टुक्रा, फेरी आउँछ, र ‘तु रु रु तु रु’ नामक बोलको ६ वटा गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्वप्निल शर्मा, सञ्जय र नवराज अन्सारीको लगायतको स्वर रहेको छ ।
चलचित्र होस्टेल रिटन्र्स गतवर्ष प्रदशिर्त होस्टलको सिक्वेल हो । आगामी वैशाख २५ गते रिलिज हुदैछ । चलचित्रमा सुशील श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्कालगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
सफल चलचित्र ‘होस्टेल र सायद’ निर्माण गरेर व्यवासयिक रुपमा सफल निर्माताका रुपमा चिनिएका सुनिल रावलको निर्माणमा बनेको चलचित्र ‘होस्टेल रिटन्र्स’लाई सुरज भुषालले निर्देशन गरेका हुन् । दुगिर्स फिल्मस्को ब्यानरमा बनेको ‘होस्टेल रिटन्र्स’ सफल सिनेमा ‘होस्टेल’ कै सिक्वेल हो । यस चलचित्रले विद्यार्थीको होस्टेल जीवनको कथा बोल्ने यस चलचित्रमा देशका विभिन्न भू भागबाट एउटा होस्टेलमा आएर बस्ने विभिन्न चरित्रलाई देखाइएको छ ।

HOSTEL RETURNS – AUDIO JUKEBOX – NEPALI MOVIE

Published on Mar 15, 2015

HOSTEL RETURNS – AUDIO JUKEBOX – NEPALI MOVIE
Director : Suraj Bhushal
Producer : Sunil Rawal
Music & Lyrics : Swopnil Sharma
Action : Asta Maharjan
Releasing On : Baishak 25 May 8

YOUR COMMENT HERE

प्रतिक्रिया